Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

आजको मौसमः देशका अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पर्ने

खबरडबली संवाददाता

काठमाडौं  । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा  मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

राती भने बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रेदेशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमाको निधन

काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमा पार्वतीदेवी मेहताको ७२ वर्षको उमेरमा निधन भएको छ। माघ २२ गते सिम्रौनगढ नगरपालिक...

त्रासमा सिंगै गाउँ: हत्या, लुटपाट र राज्यको बेवास्ताविरुद्ध निर्वाचन बहिष्कारकाे घाेषणा

काठमाडौं ।  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे अहिले भय, आँसु र आक्रोशको प्रतीक बनेको छ। शान्त देखिने यो गाउँ पछिल्लो एक महिनादेखि निरन्तर हत्या,...

सुनसरीको राजनीतिमा गच्छदारको कमब्याक : आठौँ पटक प्रतिस्पर्धामा

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा निर्वाचन अघि टुंगिन नसक्ने संकेत

काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...

सिंहदरबार आगजनीमा संलग्न व्यक्तिलाई प्रहरीले पाँच महिनापछि पक्राउ

काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...

काठमाडौंमा सुनका गरगहनाका ठुला चोरीका आरोपी प्रेम थारु पक्राउ

काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...

जसपा, रामुपा र आजपा सक्रिय, उपत्यकामा नयाँ चुनावी चुनौती

काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...

रूपन्देही १ : उम्मेदवारी विवादमा श्री कुँवर रास्वपा छाडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...

टी–२० विश्वकप : चार टेस्ट राष्ट्र रहेको ‘समूह बी’मा रोमाञ्चक प्रतिस्पर्धाको सम्भावना

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...

सल्यानमा नयाँ अनुहारको भिडन्त : परम्परा तोड्ने कि इतिहास दोहोरिने?

सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE