Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको बार्षिक प्रतिवेदन पेश

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार विकास र सुशासनको शत्रु भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने बताए।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी थिए।

प्रतिवेदनमा १६ औँ योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्य गर्दै आएको छ ।

अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ ।

सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा - गृहमन्त्री गुरुङ

रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...

संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन - महामन्त्री पौडेल

लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...

सरकारप्रति बढ्दो जनविश्वास - जनअपेक्षा अनुरूप काम हुन थालेको आभास

विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...

दुई दिने बिदामा मानसरोवर–कैलाश दर्शन गर्न जाने पर्यटक बढे

हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending