Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १००९ सक्रिय केस

खबरडबली संवाददाता

काठमाडौं । भारतमा कोभिड-१९ का कूल १००९ सक्रिय केस रहेको बताइएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार केरलामा यो रोगका सबैभन्दा बढी ४३० सक्रिय केसहरू छन्। त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ केसहरू रहेको पुष्टि भएको बीबीसी हिन्दीले गरेको छ।  

यसैगरी, गुजरातमा ८३, तमिलनाडुमामा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३ र पश्चिम बङ्गालमा १२ केस भेटिएका छन्।  

कोभिड १९ सङ्क्रमणका बढ्दो केसको विषयमा तत्काल खास चिन्ता लिननपर्ने कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडु रावले समाचार एजेन्सी पीटीआईसँग बताएका छन्।  

‘हो, हामीले दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका बढ्दो केसहरूको बारेमा सुनेका छौँ तर, त्यसमा पनि हल्का सङ्क्रमण भएको छ। भारतमा पनि कोभिड–१९ जस्ता केसहरू भेटिएका छन्, ती सबै सामान्य खालका छन्,’ उनले भनेका छन्।  

उनका अनुसार महाराष्ट्र र केही अन्य स्थानहरूमा केहीको मृत्यु भएको छ। तर, ती मृत्युलाई सिधै कोभिडसँग जोड्न नसकिने उनले बताएका छन्। ती केसहरूमा अन्य रोगहरू रहेको उनको भनाइ छ।  

मन्त्री रावले यो सङ्क्रमण देखिएको वर्तमान अवस्थामा सबै सतर्क र सावधान हुनुपर्ने बताए। ‘हामी यो सङ्क्रमणलाई नजिकबाट हेरिरहेका छौँ। केही स्वास्थ्यसम्बन्धी एडभाइजरीहरू पनि जारी गरेका छौँ,' उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending