Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भन्नु प्रधानमन्त्रीको गैरलोकतान्त्रिक अभिव्यक्ति: मनिष झा

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति गैरलोकतान्त्रिक रहेको बताएका छन् ।

झाले लोकतन्त्रमा ‘सडक मेरो मात्र हो’ भन्ने अभिव्यक्ति बहुलवाद र सहअस्तित्वको सिद्धान्तविपरीत भएको कुरा स्मरण गराएका छन्। प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेको व्यक्तिले अन्य दलको प्रदर्शनविरुद्ध कार्यकर्तालाई उकास्नु कानुनी शासनको उल्लंघन भएको उनको तर्क छ। 

प्रवक्ता झाले देश आर्थिक संकट र नैराश्यले ग्रस्त हुँदा यस्ता अभिव्यक्तिले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनी समेत दिएका छन्।

उनले लेखेका छन् : 
हिजो सार्वजनिक भएको प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गैर राजनीतिक छ।
१) लोकतन्त्रमा "सडक मेरो मात्र हो, त्यहाँ मेरो मान्छे मात्र हुनुपर्छ" भन्नु लोकतन्त्र, बहुल वाद र सहअस्तित्वको अभ्यास विपरीत हो। 

२) प्रशासन तथा सुरक्षा निकायको संवैधानिक नेतृत्व गरेर बसेको व्यक्तिले अर्को राजनीतिक दलले गर्न लागेको प्रदर्शनमा कार्यकर्तालाई उकास्ने गरी बोल्नु, कानुनी शासनको अभ्यास विपरीतको व्यवहार हो। 

३) देश आर्थिक रूपमा ऋणको भारीले दबेको छ। बजार अर्थतन्त्र सबै कमजोर छ, जनतामा नैराश्य हाबी छ, तर प्रधानमन्त्रीज्यू यस्तो बेला कार्यकर्तालाई उद्दण्ड हुन प्रेरित गरेर सडकमा द्वन्द्व सृजना हुने अभिव्यक्ति दिनुहुन्छ। यो राम्रो हैन। 

४) हरेक दिन नयाँ र फरक काण्डहरू आइरहेको छ। सरकारको नेतृत्वमा रहेको व्यक्ति, त्यो प्रश्नको जवाफ दिनको सट्टा, सडकमा राजनीतिक उदण्डता थप्ने अभिव्यक्ति दिनुभएकोमा प्रति म व्यक्तिगत रूपमा असन्तुष्टि र गम्भीर चिन्ता व्यक्त गर्दछु।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending