Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

प्रचण्ड छटपटीनुको मुख्य कारण सत्ता बाहिर बस्न नसक्नुको उपज हो: नेता ज्ञावाली

खबरडबली संवाददाता

कालीकोट । नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताए । नागरिकले बगाएको रगतबाट आर्जेको यो मुलुक सङ्कटमा पर्ने खतरा बढेपछि नेपाली काग्रेससँग सत्ता समीकरण भएको सुनाए।

उपमहासचिव ज्ञावालीले मुलुकलाई अस्थीरताबाट उनमुक्ति दिन नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच सत्ता समीकरण भएको भन्दै मुलुकको आर्थिक सङ्कट टार्नका लागि पनि यो अनिवार्य थियो । दस महिनाको अर्थमन्त्रालयको नेतृत्व गरिँदा आर्थिक उन्नती आश लाग्दो भएको आर्थिक सुचाक बढेको सुनाए ।

नेता ज्ञावालीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै सत्ताको मोहले छ/छ महिनामा सत्ता समीकरण फेर्नेहरुले मुलुकको स्थिरता नचाहेर दिनको तीन पटकसम्म यो सत्ता ढल्दैछ, मेरो सत्तामा जाने मन छैन भनेर छटपटाउने काम भइरहेको सुनाए । यसरी छटपटीनुको मुख्य कारण सत्ता बाहिर बस्न नसक्नुको उपज भएको उनको भनाइ ।

नेकपा ९एमाले० केन्द्रले कार्यकर्ताको क्षमता विकास र पार्टी प्रति लाग्ने लानछनाविरुद्ध प्रतिवाद गर्ने क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरेको सुनाए । दुई जिल्लाको प्रशिक्षण सकेर कालीकोटका पुग्नु भएका नेता ज्ञावालीले कालीकोटका बस्तीमा विगतको द्वन्द्वको घाउले मलम नपाएको बताए । घाउ कोट्याउने भन्दा पनि मलम लगाउने काम एमालेले गर्ने बताए ।

न्यायको खोजि हुनु स्वभाविक हो, तर खाटा परेको घाउँलाई थप पीडा नहोस् भनेर सत्य निरुपरण आयोग र मेलमिलाप आयोगलाई जिम्मा दिएको उनले बताए। यसैगरी, नेता ज्ञावालीले भौगोलिक विकटताले अरु प्रदेशसँग प्रतिस्पर्धा गर्न अहिले नसकेपनि पछिका लागि कर्णाली आफ्नै स्रोत साधनले चल्न सक्ने क्षमता भएको प्रदेश भएको बताए। कालीकोटको विकासका लागि एयरपोर्टलाई सञ्चालनमा ल्याउन एमालेले अध्यान गरिरहेको बताए।

प्रेस चौतारी नेपाल कालीकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचि ज्ञावालीले सानो स्रोत साधनबाट भए पनि यहाँका नागरिकको सुरक्षाका लागि ३८ लाख नागरिकलाई सामाजिक सुरक्षाकोष अर्थात भत्तामा समावेश गरिएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending