Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु

खबरडबली संवाददाता

सिन्धुलीमाढी। मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षातको मौसम नजिकिएसँगै मध्ये पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बाढी पहिरोबाट क्षतीग्रस्त सडक मर्मत सुरु गरेको हो । 

यही जेठ महिनाको पहिलो सातामा निर्माण कम्पनी सहयोगी कन्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त सडक मर्मत सुरु गरेको सडक आयोजनाले जनाएको छ । उक्त सडक आयोजनाका अनुसार सहयोगी कन्ट्रक्सनले भ्याट सहित करिब १० करोड रुपियाँमा सडक मर्मतका लागि सम्झौता गरी काम सुरु गरेको हो । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा गत वर्षको बाढी र पहिरोबाट दर्जनभन्दा बढी स्थिनामा क्षतीग्रस्त बनेको छ । अहिले गोलन्जोर गाँउपालिकाको बलेनी, मुर्किबेसी र फिक्कल गाँउपालिकाको घुर्मी नजिक सडक मर्मतको काम सुरु भएको छ ।

मध्य पहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापका डिभिजन इन्जिनियर बिदुर पौडेलले वर्षाअघि काम गर्नै पर्ने ठाँउमा सडकको मर्मत सुरु गरिएको जानकरी दिए। उनले भने, ‘उक्त निर्माण कम्पनीको ठेक्का अवधि असार २५ सम्म रहेको छ । वर्षाअघि सडक सजिलै होस भन्ने हाम्रो अपेक्षा हो ।’

निर्माण कम्पनीले तोकिएको समय अवधिमा म काम सक्छु र त्यही अनुसार परिचालन हुन्छु भनेकोले सम्झौता गरी कामको जिम्मेवारी दिएको उहाँको भनाइ छ । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने उक्त राजमार्ग गतबर्षको बाढी पहिरोबाट क्षतीग्रस्त हुँदा यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । 

हालसम्म पुननिर्माण तथा स्तरवृद्धी नहुँदा यात्रा दुर्घट्नाको जोखिमपूर्ण बनेको स्थानीय बताउँछन् । उक्त सडकको कतिपय ठाँउमा सुनकोसी नदीको बाढीले नोमोनिसाना नै नरहने गरी बेस९आधार० सहित बगाएपछि अहिले काम चलाउ रुपमा बगरबाट अस्थायी ट्रयाक निर्माण यातायात सञ्चालन भइरहेको छ । 

गोलन्जोर गाँउपालिका–६ का वडा अध्यक्ष रबिनकुमार श्रेष्ठ उक्त पालिकामा सडकको सबैभन्दा बढी क्षती बलेनी, मुर्किबेसी क्षेत्रमा र सडक नै सुनकोसी नदीमा नै खसेको बताउछन् ।

स्थानीयका अनुसार खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भाग सहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्कि९कालो पत्रे० का कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाँउमा बाढी पहिरोले भत्काएर असुरक्षित बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाँउपालिकाको सुनकेसी नदीको किनार हुँदै निर्माण भएको छ ।

बाढी पहिरो गएको बेला स्थानीय प्रशासन, स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याएको थियो । धेरैजसो ठाँउमा बाढीपहिरो गएको बेला सडकमा थुप्रिएको पहिरो अझै पन्छाउने काम नभएको वडा अध्यक्ष श्रेष्ठ बताउछन् ।

उनका अनुसार सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । उक्त सडकको हैबारमा पर्ने सुख्खा पहिरो सबारी साधनका लागि सबैभन्दा ठुलो अभिसाप बनेको छ । ‘उक्त पहिरो सुख्खा मौसम र बर्षाको मौसममा पनि झरी रहन्छ,’ उनले भने, ‘जस कारण घण्टौसम्म सबारी साधन अवरुद्ध भइरहन्छ ।’

सडक मर्मत कार्यमा संलग्न सहयोगि कन्ट्रक्सनका ठेकेदार पुष्करराज शिवाकोटीका अनुसार बाढी पहिरोबाट उक्त खण्डमा सडक धेरै ठाँउमा भत्किएको छ । अहिले जहा अत्यावश्यक छ, त्यहाँ मर्मत तथा पुननिर्माणको काम भइरहेको छ । उनले भने, ‘वर्षामा नचल्ने ठाँउहरु छ, त्यहाँ काम गरी बर्षामा गाडी चल्ने बनाउन लागिएको हो ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending