Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

श्रीमतीको हत्या गर्ने पक्राउ

धनकुटा । दाउराले हिर्काएर श्रीमतीको हत्या गर्ने धनकुटा नगरपालिका वडा नं.-८ का ३६ वर्षीय रस्ता बहादुर राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । १५ दिनको सुत्केरी श्रीमती शान्तिलाई टाउको र अन्य भागमा कुटपिट गरि हत्या गर्ने राईलाई स्थानीय याक्तेको जंगलबाट पक्राउ गरिएको धनकुटा प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डेले बताए । श्रीमतीको हत्यापछि फरार रहेका राई स्थानीय जंगलमा लुकिछिपी बस्दै आएको प्रहरीले बताएको छ । धनकुटाको खुवाफोक गाविस माइती भएकी ३२ वर्षीय श्रीमतीलाई कुटपिटको क्रममा आँखा फुटाइ दिएको र घरको आँगनमा पछारीएको अवस्थामा स्थानीयले शनिबार शव फेला पारेका थिए । वैदेशिक रोजगारबाट फर्किएका राईको पहिलो छोरी ९ वर्षको, दोस्रो छोरी ११ महिनाको र तेस्रो छोरी १५ दिनको रहेको प्रहरीले जानकारी दिएको छ । लगातार तीन छोरी जन्माएको र छोरा नजन्माएको भन्दै राईले शुक्रबार १५ दिनकी सुत्केरी श्रीमतीको हत्या गरेका थिए । शुक्रबार मध्यराति नवजात शिशुसँगै सुतिरहेकी श्रीमतीलाई श्रीमान रस्ताबहादुरले ओछ्यानबाट कुट्दै घिसार्दै दलानमा ल्याएर दाउराले प्रहार गरेको प्रत्यक्षदर्शी ९ वर्षीया छोरी रीतुले बताइन् । \"बुबाले कुट्न थालेपछि आमा चिच्याउनु भो\" उनले भनिन्- \"कुटेर लखेट्दै घरको दलानमा लगि घाँटी थिचेर बुबा भाग्नु भो ।\" मृतकको दायाँ आँखा फुटेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । लास जाँच तथा घटनास्थलको मुचुल्काका आधारमा दुवै बीच केहीबेर घम्साघम्सी पछि हत्या गरिएको देखिएको एसपी पाण्डेले बताए । दलानमा निर्बस्त्र शरीर बीभत्स रुपमा शनिबार फेला परेको थियो । प्रत्यक्षदर्शी छोरी रीतुका अनुसार शुक्रबार रातिनै लुगाकपडा र पैसा बोकेर म भारत जान्छु भन्दै रस्ताबहादुर बाहिरिएका थिए । \"मैले तिम्रो आमालाई माँरे म भारत जान्छु\", रीतुले भनिन्, \"म तिमीहरूलाई पैसा पठाइदिन्छु राम्ररी बस भन्दै बुबा निस्कनु भयो ।\" शुक्रबार रातभरि बुबाले आफूलाई पनि मार्लान भन्ने डरले लुकेर बसेकी रीतुले शनिबार बिहान सबेरै आमालाई मृत फेला पारेकी थिइन् । ब्ल्याङ्केटले बेरेर छोपीएको अवस्थामा रीतुले आमालाई फेला पारेको बताइन् । यसैबीच, सुत्केरी आमाको हत्या गरेर बाबूलाई प्रहरीले पक्राउ गरेपछि तीन जना नाबालकाहरुको बिचल्ली भएको छ । नवजात शिशुदेखि ११ महिना र ९ वर्षका बालिकाहरु आमाबाबुविहीन भएका हुन् । हाल मामली र छिमेकीका आफन्तले संरक्षण दिएपनि दीर्घकालीन रुपमा उनीहरूको पालनपोषण र शिक्षादीक्षामा समस्या पर्ने छिमेकी जुनु राईले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: