Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

ईभीमा लगानीः व्यवसायी भन्छन्, ‘बैंकको किस्ता तिर्न कुनै समस्या छैन’

किस्ता खै भनेर कहिल्यै फोन गर्नुपरेको छैनः बैंक

खबरडबली संवाददाता

काठमाडौं । समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका  हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल । 

सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् । राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् । 
कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् ।

तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् । 

किस्ता तिर्न सहजता 

हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् । आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ । जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।  

आफूहरूसँग धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउँछन् । व्यवसायीबाट राम्रो प्रतिफल प्राप्त गरेका कारणले नै कतिपय व्यवसायीहरूले समय अगावै किस्ता र कर्जा चुक्ता गर्न सकेको उनको धारणा रहेको छ । 

बोगटी भन्छन्, ‘हाम्रो बैंकबाट ऋण लिएर धेरैले ईभीमा लगानी गर्नुभएको छ । उहाँहरूको कुरा अनुसार रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन गर्नुपरेको छैन ।’ 

त्यसो त ईभीमा धेरै बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ । जसमध्ये ईभीमा लगानी गर्नेमा एनएमबी बैंक पनि एक हो । ऋण लिएर ईभीमा लगानी गर्नेहरूबाट किस्ता तिर्न समस्या परेको भन्ने आफूहरूले सुन्न नपरेको उनको दाबी छ । 

‘ईभीमा धेरै वटा बैङ्कहरूको लगानी छ । त्यसमध्ये हाम्रो बट्टार ब्रान्चबाट ऋण लिएर लगानी गर्नेहरूमा त्यस्तो लोनको किस्ता नआउने समस्या देखिएको छैन,’ उनले भने, ‘कतिपयले ईभीलाई नै मुख्य व्यवसाय बनाउनुभएको छ भने कतिपयले त्यसलाई साइड बिजनेस बनाउनुभएको छ । तर उहाँहरूले समयमै किस्ता तिर्ने लगायत सहजै किस्ता पाइरहेका छौँ ।’ 

त्यति मात्र नभएर कतिपय व्यवसायीहरुले समय अगावै किस्ता तिर्ने गरेको समेत उनको अनुभव रहेको छ । 

ईभीप्रति आकर्षण बढ्यो, बैंकहरुले लगानी बढाए 

कतिपय व्यक्तिहरू रहर त कतिपय व्यक्तिहरू बाध्यताले यातायात व्यवसायमा लगानी गरिरहेका हुन्छन् । धेरैजसो व्यक्तिहरू अरूले लगानी गरेको क्षेत्रमा समेत राम्रो मुनाफा कमाउने उद्देश्यले समेत लगानी गरिरहेका हुन्छन् । त्यस्तै पछिल्ला वर्षहरूमा ईभीप्रति आम सर्वसाधारणको आकर्षण बढिरहेको र व्यवसायीहरू समेत आकर्षित बनेका छन् । एकातिर पहिल्यै सो क्षेत्रमा लगानी गरेकाहरू आफ्नो अब डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीसाधनमा सिफ्ट भएका छन् । त्यसबाहेक नयाँ लगानीकर्ताले पनि ईभीमा आफ्नो लगानी सुरु गरेका छन् । 

एनएमबी बैंकका ब्राञ्ज म्यानेजर बोगटी अगाडि भन्छन्, ‘पहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गरेकाहरूले पछिल्ला वर्षहरूमा ईभीमा लगानी बढाएका धेरै उदाहरण छन् । व्यवसायीले स्वाभाविकै रूपमा केही हुन्छ कि भन्ने हुटहुटीमा लागेर लगानी गर्ने हो । त्यस कारणले पनि लगानीकर्ताहरू उत्साहित देखेको छु । हामी बैंकहरुले पनि कुनै व्यवसाय धराशायी बन्छ वा बन्न सक्छ भनेपछि लगानी गर्दैनौँ र व्यवसायीहरू पनि त्यसप्रति उत्साहित हुँदैनन् नि । त्यस कारण पनि ईभीमा भविष्य देखेर लगानी गरिरहेका छौँ र व्यवसायीहरू पनि उत्साहित देखिनुभएको छ ।’

लगानीकर्ता भन्छन्, ‘किस्ता तिर्न कुनै समस्या छैन’

विद्युतीय यातायातका क्षेत्रमा लगानी गर्नेहरू कोही व्यवसायी बन्न त कोही स्वरोजगारका रूपमा लगानी गरिरहेका छन् । हरेक व्यवसायीको सोच धेरै भन्दा धेरै नाफा होस् भन्ने नै हुन्छ । त्यस कारण पनि उनीहरूले फरक फरक क्षेत्रमा लगानी बढाइरहेका हुन्छन् ।


बैंकबाट ऋण लिएर सार्वजनिक यातायातका रूपमा ईभीमा लगानी गरेका नुवाकोटका श्रीराम खतिवडा ईभी गाडीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । सुरुमा लगानी धेरै गर्नुपरेको भए पनि अन्य खर्च नहुँदा घर खर्च चलाउन, बैंकको किस्ता र ब्याज तिर्न कुनै समस्या नभएको उनले बताए । 

खतिवडा भन्छन्, ‘ईभी गाडीमा सुरुमा लगानीचाहिँ धेरै नै गर्नुपर्छ । तर धेरै लगानी गरे पनि अन्य खर्च नहुने भएकाले किस्ता र ब्याज तिर्नचाहिँ कुनै समस्या छैन । हामीले बैंकको किस्ता र ब्याज तिरेर पनि मासिक ७०÷८० हजार बचत गरिरहेका छौँ । यसरी नै तिर्दै जाने हो भने ५ वर्षमा गाडीसमेत आफ्नो हुन्छ भने घर खर्च पनि राम्रोसँग चलिरहेको हुन्छ । ’

बैंकबाटै ऋण लिएर स्वरोजगार व्यवसायी बनेका धादिङका जीवन श्रेष्ठ पनि ईभी गाडीको आम्दानी राम्रो भएको बताउँछन् । सोही प्रकृतिको अन्य गाडी किन्दा पनि मूल्य उस्तै पर्ने तर डिजेल वा पेट्रोलमा खर्च धेरै हुने भएकाले बचत नहुने श्रेष्ठले बताए । पहिले इन्धनबाट चल्ने सार्वजनिक सवारीको धनी रहेका श्रेष्ठले विगत डेढ वर्षदेखि ईभीमा लगानी गरेको र डेढ वर्षको अवधिमा झन्डै ३५ प्रतिशत सावाँ र ब्याज घटाइसकेको बताए । 

जीवन भन्छन्, ‘ईभी गाडी कति वर्षसम्म चल्छ भनेर अहिले नै भन्न सकिँदैन । तर अहिलेका लागि ईभी गाडी वरदान जस्तै भएको छ । इन्धनमा खर्च नहुने, मर्मतमा खर्च नहुने भएकाले आम्दानी जति सबै बचत नै हुन्छ । यसरी नै कमाई भए आफूले गरेको लगानीसमेत फिर्ता भई गाडी आफ्नो बनाउन ५ वर्ष पनि लाग्दैन । तर त्यसपछि मर्मतमा समस्या आएन भने सबै कमाई आफ्नै हुने भएकाले भविष्य राम्रो नै देख्छु ।’ 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending