Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

खबरडबली संवाददाता

सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ।

केही दिनअघि सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो।

त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो।

सांसद गुप्तामाथि कारबाही भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले कानुनको नजरमा सबै नागरिक समान हुने सिद्धान्तअनुसार कारबाही गरिएको भन्दै स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।

घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गर्दै आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्।

उनले लेखेका छन्, “अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु।”

उनले आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै थप लेखेका छन्, “अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं महानगरका ३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत ९छैटौं तह० उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

परीक्षा अनियमितताविरुद्ध भारतमा चर्किएको आन्दोलन, सरकारसँग वार्तामा बस्दै युवा समूह

नयाँदिल्ली। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्त...

विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

विराटनगर । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५...

सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

काठमाडौं। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. ...

भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...

बाल मन्दिर ठगी प्रकरण: आठ जनाविरुद्ध मुद्दा दायर, तीन पक्राउ

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...

रौतहटमा सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...

स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...

पहिरो जोखिम हटाउन तुइन खोलामा सडक रोकेर ढिस्को काटिने

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो ।  नेपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending