Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ करोड जरिवाना

खबरडबली संवाददाता

काठमाडौं। डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो।

यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो ।

वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको थियो र एटलान्टातर्फ गइरहेको थियो। विमान उडेको केही समयपछि यी महिला यात्रुले आफ्नो छेउमा बसेका यात्रुसँग असामान्य व्यवहार गर्न थालिन् । उनले अचानक आफ्नो छिमेकी यात्रीलाई अँगालो हाल्ने प्रयास गरिन र त्यसपछि उनलाई धमाधम चुम्बन गर्न थालिन्।

यो सन् २०२१ को जुलाईमा भएको यो घटनामा महिला यात्रुको व्यवहार नजिकैको सिटमा बसेका यात्रुका लागि असहज मात्र नभएर उनका लागि अचम्मको पनि थियो । यो अप्रत्याशित कार्यले उनी स्तब्ध भएका थिए।  उनले चुम्बन तुरुन्तै महिलालाई रोक्न खोजेका थिए र चालक दलका सदस्यहरूलाई बोलाएर उनको चुम्बनको बर्षा रोक्नका लागि सहयोग पनि मागे र टाढाबाट यो सबै हेर्दै आएकी एयर होस्टेस दौडिएर ती पुरूष भएको स्थलमा पुगिन् ।

त्यसपछि एयर होस्टेसले ती चुम्बनको बर्षा गर्ने महिला यात्रुलाई शान्त पार्ने प्रयास गरिन् । तर, ती महिला शान्त हुनुको सट्टा झन् रिसाउन थालिन। र, चुम्बन गर्न नदिएको भन्दै उल्टै चर्को स्वरमा कराउन थालिन् र विमानबाट आफुलाई निकाल्न आग्रह समेत गरिन् । यसपछि ती महिला यात्रीले आफ्नो सिट छोडेर प्यासेजमा जान बल गरिरहिन् ।

महिलाको यो कार्य सुरक्षाको दृष्टिकोणले निकै खतरनाक मात्र होइन, प्लेनमा यात्रुको चालढालको नियम विपरीत पनि थियो । चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा स्थिति झन् गम्भीर बन्यो । रिसले झन्डै पागल भएकी यी महिलाले नजिकै बसिरहेका अर्का यात्रुमाथि पनि उल्टै आक्रमण गरिन् । उनले अर्को यात्रुलाई बारम्बार टोक्न थालिन् ।

उनको टोकाइका कारण अर्का यात्रु पीडाले चिच्याउन पुगे र पूरै उडानमा त्रासको वातावरण सिर्जना भएको थियो । चालक दलका सदस्यहरूले कुनै न कुनै रूपमा महिलालाई नियन्त्रणमा राखेर पछाडिको सिटमा लगेर राखे । यसपछि, पाइलटले एटलान्टा एयर ट्राफिक कन्ट्रोललाई बिमानमा भएको अप्रत्याशित सम्पूर्ण घटनाको बारेमा जानकारी दिए र सुरक्षा सहयोग मागे गरेका थिए ।

करिब तीन घण्टाको उडान पछि विमान एटलान्टा विमानस्थलमा अवतरण भयो र फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अधिकारीहरूको उपस्थितिमा महिलालाई सुरक्षा निकायको जिम्मा लगाइएको थियो। एफएएले यो घटनालाई गम्भीर रूपमा लियो र अनुसन्धानका क्रममा महिलाको व्यवहारलाई विमानको सुरक्षाका लागि खतरा भएको निष्कर्ष निकाल्यो ।

अन्तत: लामो अनुसन्धान पछि यस मामलामा एफएएले महिला यात्रुलाई ७७,२७२ अमेरिकी डलर जरिवाना लगायो । यो जरिवाना विमानमा अनुपयुक्त व्यवहार र चालक दलका सदस्यहरूको निर्देशनहरू पालना नगरेकोसहित अन्य यात्रुलाई आक्रमण गरेको कारण थियो । यो अमेरिकी विमान इतिहासमा यात्रुलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending