काठमाडौं। डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो।
यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो ।
वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको थियो र एटलान्टातर्फ गइरहेको थियो। विमान उडेको केही समयपछि यी महिला यात्रुले आफ्नो छेउमा बसेका यात्रुसँग असामान्य व्यवहार गर्न थालिन् । उनले अचानक आफ्नो छिमेकी यात्रीलाई अँगालो हाल्ने प्रयास गरिन र त्यसपछि उनलाई धमाधम चुम्बन गर्न थालिन्।
यो सन् २०२१ को जुलाईमा भएको यो घटनामा महिला यात्रुको व्यवहार नजिकैको सिटमा बसेका यात्रुका लागि असहज मात्र नभएर उनका लागि अचम्मको पनि थियो । यो अप्रत्याशित कार्यले उनी स्तब्ध भएका थिए। उनले चुम्बन तुरुन्तै महिलालाई रोक्न खोजेका थिए र चालक दलका सदस्यहरूलाई बोलाएर उनको चुम्बनको बर्षा रोक्नका लागि सहयोग पनि मागे र टाढाबाट यो सबै हेर्दै आएकी एयर होस्टेस दौडिएर ती पुरूष भएको स्थलमा पुगिन् ।
त्यसपछि एयर होस्टेसले ती चुम्बनको बर्षा गर्ने महिला यात्रुलाई शान्त पार्ने प्रयास गरिन् । तर, ती महिला शान्त हुनुको सट्टा झन् रिसाउन थालिन। र, चुम्बन गर्न नदिएको भन्दै उल्टै चर्को स्वरमा कराउन थालिन् र विमानबाट आफुलाई निकाल्न आग्रह समेत गरिन् । यसपछि ती महिला यात्रीले आफ्नो सिट छोडेर प्यासेजमा जान बल गरिरहिन् ।
महिलाको यो कार्य सुरक्षाको दृष्टिकोणले निकै खतरनाक मात्र होइन, प्लेनमा यात्रुको चालढालको नियम विपरीत पनि थियो । चालक दलका सदस्यले उनलाई रोक्न खोज्दा स्थिति झन् गम्भीर बन्यो । रिसले झन्डै पागल भएकी यी महिलाले नजिकै बसिरहेका अर्का यात्रुमाथि पनि उल्टै आक्रमण गरिन् । उनले अर्को यात्रुलाई बारम्बार टोक्न थालिन् ।
उनको टोकाइका कारण अर्का यात्रु पीडाले चिच्याउन पुगे र पूरै उडानमा त्रासको वातावरण सिर्जना भएको थियो । चालक दलका सदस्यहरूले कुनै न कुनै रूपमा महिलालाई नियन्त्रणमा राखेर पछाडिको सिटमा लगेर राखे । यसपछि, पाइलटले एटलान्टा एयर ट्राफिक कन्ट्रोललाई बिमानमा भएको अप्रत्याशित सम्पूर्ण घटनाको बारेमा जानकारी दिए र सुरक्षा सहयोग मागे गरेका थिए ।
करिब तीन घण्टाको उडान पछि विमान एटलान्टा विमानस्थलमा अवतरण भयो र फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) अधिकारीहरूको उपस्थितिमा महिलालाई सुरक्षा निकायको जिम्मा लगाइएको थियो। एफएएले यो घटनालाई गम्भीर रूपमा लियो र अनुसन्धानका क्रममा महिलाको व्यवहारलाई विमानको सुरक्षाका लागि खतरा भएको निष्कर्ष निकाल्यो ।
अन्तत: लामो अनुसन्धान पछि यस मामलामा एफएएले महिला यात्रुलाई ७७,२७२ अमेरिकी डलर जरिवाना लगायो । यो जरिवाना विमानमा अनुपयुक्त व्यवहार र चालक दलका सदस्यहरूको निर्देशनहरू पालना नगरेकोसहित अन्य यात्रुलाई आक्रमण गरेको कारण थियो । यो अमेरिकी विमान इतिहासमा यात्रुलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: