Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

मोरङमा ठुलो परिमाणमा लागु औषधसहित सयौं पक्राउ

खबरडबली संवाददाता

विराटनगर। मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै प्रहरीले सशक्त कदम चालेको हो । यस क्रममा प्रहरीले ठुलो परिमाणमा विभिन्न लागु औषध बरामद गर्नुका साथै सयौँलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

प्रहरीले सिमा क्षेत्रमा कडाइ, आन्तरिक जाँच, सूचना सङ्कलन र गस्ती कार्यलाई तीव्रता दिँदै ठुलो मात्रामा लागु औषधसहित सयौँ व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाख मसान्तसम्म मोरङमा प्रहरीले १३ जना महिलासहित ४७२ जनालाई लागु औषधसहित पक्राउ गरी ३२९ वटा मुद्दा दर्ता गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा प्रहरीले दुई हजार २८५ किलोग्राम गाँजासहित ११० जना, ७७३ ग्राम ब्राउनसुगरसहित २१५ जना र विभिन्न ब्राण्डका करिब ७० हजार ट्याबलेट प्रतिवन्धित लागु औषधसहित १४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश युवा रहेका छन् । जसमा विराटनगर, रंगेली, बेलबारी, लेटाङ, उर्लाबारी, इटहरी र धरानलगायतका क्षेत्रका स्थानीय मात्र नभई अन्य जिल्ला र सिमापारिका केही व्यक्ति पनि छन् ।

प्रहरीले भारतीय सिमा नजिकका नाका र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी राखेको छ । सिमावर्ती क्षेत्रमा लागु औषध ल्याइने प्रमुख मार्गहरू पहिचान गरेर कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

प्रहरीले लागु औषध नियन्त्रण अभियानको क्रममा विशेष निगरानी र गस्ती बढाएको, सूचना सङ्कलन, सूचना दिनेलाई प्रोत्साहन गर्ने, विद्यार्थी र अभिभावकमाझ सचेतना अभिवृद्धि लगायत कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो समय केही विद्यालय, क्याम्पस क्षेत्र, तथा सार्वजनिक स्थानहरूलाई ‘नो ड्रग्स जोन’ घोषणा गर्दै ती क्षेत्रमा विशेष निगरानीसमेत थालेको बताइएको छ ।

त्यसैगरी, प्रहरीको ‘इन्टेलिजेन्स युनिट’ ले सूचनाको आधारमा लागु औषध निययन्त्रणका लागि लक्षित अपरेशनसमेत सञ्चालन गर्दै आएको प्रहरी उपरीक्षक चिमरियाको भनाइ छ ।

लगु औषध नियन्त्रणका लागि मोरङमा प्रहरी र समुदायबिचको सहकार्य मजबुत पार्दै सामुदायिक प्रहरी साझेदारीअन्तर्गत अभिभावक, शिक्षक, युवा समूह र महिला संघसंस्थासँग समन्वयमा सचेतना अभियान चलाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending