Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

पुर्व डिएसपी पन्थीले लगाएको आरोपमाथी नारायणकाजीको खण्डन: भ्रम श्रृजना गर्ने उद्देश्य देखियो

खबरडबली संवाददाता

काठमाडौं। पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले पुर्व डिएसपी गोबिन्द पन्थीले लगाएको आरोपको खण्डन गरेको छ।

पन्थीले त्रिभुवन विमानस्थलमा भिजिट भिषा अनियमिताको अनुसन्धान गर्दा श्रेष्ठले सरूवा गरेको जनाएका थिए, जसको श्रेष्ठका स्वकिय सचिव उपदेश यादवले खण्डन गरेका हुन् ।

यस्तो छ, उनको खण्डन:
प्रहरी सेवाबाट रिटार्यड भएर कानुन व्यवसाय गरिरहेका पूर्वडिएसपी गोबिन्द पन्थीको पूर्व उपप्रधान एवं गृहमन्त्रीको नामसमेत जोडिएको फेसबुक स्टाटस पढें। तथ्यलाई तोडमोड गरेर बदनियतपूर्वक लेखिएको प्रायोजित स्टाटस भ्रम श्रृजना गर्ने उद्देश्य प्रेरित देखिन्छ। जसले आफैलाई खण्डित गर्दै अन्तर्निहित दुर्नियतको समेत भण्डाफोर गरेको छ ।तथापि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय प्रमुखको नाताले तत् सम्बन्धमा केही बिषय स्पष्ट पार्न चाहेको छु।

पहिलो, भिजिट भिसामा विद्यमान बेथिति र विसंगतीलाई अन्त्य गरेर अगाडि बढ्न तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्रीले अध्यागमन कार्यालय र विभागको स्थलगत निरीक्षण सहित स्पष्ट रुपमा कडा निर्देशन दिनुभयो ।

दोश्रो, सरोकारवाला पक्षको सुझावहरुलाई मनन् गर्दै भिजिट भिसासम्बन्धी निर्देशिकाको अनावश्यक प्रावधानहरु (ट्राभल हिस्ट्री अनिवार्य, प्लस टू पास भएको हुनुपर्ने लगायतका) हटाएर त्यसलाई सरलीकृत गर्ने नीतिगत सुधारको काम गरियो । यसका साथै पटकपटक अध्यागमन कार्यालय जाने र बेथितिको धन्दा चलाउने प्रवृत्तिलाई रोक्न पहिलोपटक अध्यागमन कार्यालय सम्बन्धी सरुवा कार्यविधिसमेत जारी गर्ने र लागू गर्ने काम भयो ।

तेश्रो, अध्यागमनमा भिजिट भिसासँग जोडिएको बेथिति र विसंगती पूर्णत अन्त्य हुन नसकेको सूचनाको आधारमा मन्त्रीज्यूले तत्कालीन प्रहरी नेतृत्व, अपराध अनुसन्धान कार्यालय प्रमुखसहितलाई मन्त्रालयमा डाकेर आवश्यक निगरानी बढाउन र अनुसन्धानलाई तीव्रता दिन प्रत्यक्ष निर्देशित गर्नुभयो । यसपश्चात् अपराध अनुसन्धान कार्यालयले ‘अप्रेशन’ चलायो । त्यसक्रममा केही कर्मचारी र बिचौलिया रंगेहात समातिएको तथ्य जगजाहेर नै छ । गृहप्रशासन नजिकबाट बुझ्नेलाई के थाहा छ भने, गृहमन्त्रीको इच्छाशक्ति बिना त्यसप्रकारको कारबाही असम्भव प्राय: हुन्छ । तत्पश्चात् पनि अनुसन्धानमा कुनै मोलमोलाहिजा नगर्न स्पष्ट निर्देशन दिनुभएको तत्कालीन प्रहरी नेतृत्व र टिमलाई जगजाहेर नै छ । यसक्रममा झण्डै ३९ जना पक्राउ गरिएको र ८ जना अध्यागमन कर्मचारी लगायतलाई मुद्धा दायर भएको व्यहोरासमेत स्मरण गराउन चाहन्छु ।

चौथो, यसरी निर्ममतापूर्वक अनुसन्धान अगाडि बढाइएपछि इतिहासमै पहिलोपटक अध्यागमनबाट बाहिरिन खोज्ने कर्मचारीको मन्त्रालयमा ताँती लाग्यो । कर्मचारीहरु अध्यागमनमा जान नमान्ने स्थिति देखापर्यो । दरबन्दीभन्दा बढी अधिकृत थुप्रिएर भरिभराउ हुने कार्यालयमा पहिलोचोटी दरबन्दीभन्दा कम अधिकृतबाट सेवा सुचारु गराउनुपर्ने अवस्था समेत श्रृजना भयो ।

पाँचौं, मन्त्री र सचिवालयसँग कुनै व्यक्तिगत चिनजान र सरोकार नभएका पूर्वप्रहरी नायब उपरीक्षक गोविन्द पन्थीजीले आफ्नो सरुवा भएकोमा तत्कालीन मा। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम जोड्नुभएछ। यद्यपि हामी हुँदा उहाँको सरुवा भएको होइन भन्ने कुरा उहाँ आफैले भन्नुभएको छ। तर मन्त्रीबाट हटिसके पछि पनि पूर्वमन्त्रीकै निर्देशनमा सरुवाको निर्णय गरिएको हास्यॅास्पद कुतर्क गर्नु भएको छ । त्यसक्रममा के भएको थियो  भनी  तत्कालीन प्रहरी प्रमुखसँग बुझ्दा अवधि पुगेकोले नियमानुसार सरुवा गरिएको तर  जिल्ला इन्चार्जको अर्को जिम्मेवारी दिंदा समेत नगएर  त्यहींबाट रिटायर्ड हुनुभएछ। त्यसैले निजको भनाई प्रथम दृष्टिमा सुनियोजित दुष्प्रचार हो भन्ने स्पष्ट हुन्छ ।

तसर्थ  सुशासनको पक्षमा निरन्तर कर्म गरिरहेको तत्कालीन मन्त्री, टिम र सरकारलाई आक्षेप लगाउन खोज्नुले ‘एटेन्सन सिकर’ का रुपमा आफ्नो वकालती पेशाको पब्लिसिटीका लागी गरिएको पनि हुन सक्छ। तर आजको सन्दर्भमा त्यो भन्दा पनि गम्भिर कुरा यतिका समयसम्म चुपचाप बसेर मानव तस्करसँगको साँठगाँठमा ‘दैनिक ५० लाख असुल्ने’ गरिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको “रेड”सॅगै सार्वजनिक भएपछि यसलाई विषयान्तर गर्न पूर्वडिएसपी साबलाई कसैले दुरुपयोग गरेको हुन सक्छ । अर्थात् अहिले पर्दाफास भएको अध्यागमनको भ्रष्टाचार र कारवाहीको लागि व्यापक रुपमा बढिरहेको जनदबाबबाट  ध्यान अन्यत्र मोड्न त्यो षडयन्त्रको अंग बनेर प्रस्तुत भएको हुन सक्छ । साथै देशको आजको मुख्य आवश्यकता भ्रष्टाचार एवं अनियमितता विरुद्धको सुशासन अभियान भएकाले भ्रष्टाचार विरोधी सुशासनको पक्षधर मुल नेतृत्वहरुमाथि प्रहार केन्द्रित गर्दै सुशासन अभियानलाई निरुत्साहित र कमजोर पार्ने अझ ठूलो षडयन्त्रको अंग अन्तर्गतको यो एउटा कडिको रुपमा आएको पनि हुन सक्दछ ।

मलाई विश्वास छ, नेपाली जनता र समाजले यस प्रकारको दुष्प्रचारलाई पर्दाफास गर्नेछ । र सुशासन अभियानलाई नारायणकाजी श्रेष्ठ जस्ता नेताहरुको अगुवाइमा अझ प्रभावकारी रुपमा अघि बढाइनेछ  भन्ने स्पष्ट छ । पूर्वडिएसपी पन्थीजी र लगायतले यो सत्यलाई समयमै बुझ्नु राम्रो हुन्छ । सुशासनको पक्षमा दृढ र निर्भिक तत्कालीन गृहमन्त्री ल्बचबथबल प्बवष् क्जचभकतजब र टिमलाई तत्कालीन प्रधानमन्त्री क। प्रचण्ड र ऋयmचबमभ एचबअजबलमब को आडभरोसा र अभिभावकत्व समेत प्राप्त थियो।

र अन्तमा सुशासनको प्रचण्ड प्रकाश प्रज्वलित गर्ने स्वर्णिम कार्यकालको नेतृत्वप्रति गौरवबोध सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 🙏

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...

द्वन्द्वका कारण लाखौँ लेबनानी बालबालिकाको एक शैक्षिक वर्ष नै हराउने जोखिम : युनिसेफ

बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।  कामपा वाताव...

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending