Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पुर्व डिएसपी पन्थीले लगाएको आरोपमाथी नारायणकाजीको खण्डन: भ्रम श्रृजना गर्ने उद्देश्य देखियो

खबरडबली संवाददाता

काठमाडौं। पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले पुर्व डिएसपी गोबिन्द पन्थीले लगाएको आरोपको खण्डन गरेको छ।

पन्थीले त्रिभुवन विमानस्थलमा भिजिट भिषा अनियमिताको अनुसन्धान गर्दा श्रेष्ठले सरूवा गरेको जनाएका थिए, जसको श्रेष्ठका स्वकिय सचिव उपदेश यादवले खण्डन गरेका हुन् ।

यस्तो छ, उनको खण्डन:
प्रहरी सेवाबाट रिटार्यड भएर कानुन व्यवसाय गरिरहेका पूर्वडिएसपी गोबिन्द पन्थीको पूर्व उपप्रधान एवं गृहमन्त्रीको नामसमेत जोडिएको फेसबुक स्टाटस पढें। तथ्यलाई तोडमोड गरेर बदनियतपूर्वक लेखिएको प्रायोजित स्टाटस भ्रम श्रृजना गर्ने उद्देश्य प्रेरित देखिन्छ। जसले आफैलाई खण्डित गर्दै अन्तर्निहित दुर्नियतको समेत भण्डाफोर गरेको छ ।तथापि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय प्रमुखको नाताले तत् सम्बन्धमा केही बिषय स्पष्ट पार्न चाहेको छु।

पहिलो, भिजिट भिसामा विद्यमान बेथिति र विसंगतीलाई अन्त्य गरेर अगाडि बढ्न तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्रीले अध्यागमन कार्यालय र विभागको स्थलगत निरीक्षण सहित स्पष्ट रुपमा कडा निर्देशन दिनुभयो ।

दोश्रो, सरोकारवाला पक्षको सुझावहरुलाई मनन् गर्दै भिजिट भिसासम्बन्धी निर्देशिकाको अनावश्यक प्रावधानहरु (ट्राभल हिस्ट्री अनिवार्य, प्लस टू पास भएको हुनुपर्ने लगायतका) हटाएर त्यसलाई सरलीकृत गर्ने नीतिगत सुधारको काम गरियो । यसका साथै पटकपटक अध्यागमन कार्यालय जाने र बेथितिको धन्दा चलाउने प्रवृत्तिलाई रोक्न पहिलोपटक अध्यागमन कार्यालय सम्बन्धी सरुवा कार्यविधिसमेत जारी गर्ने र लागू गर्ने काम भयो ।

तेश्रो, अध्यागमनमा भिजिट भिसासँग जोडिएको बेथिति र विसंगती पूर्णत अन्त्य हुन नसकेको सूचनाको आधारमा मन्त्रीज्यूले तत्कालीन प्रहरी नेतृत्व, अपराध अनुसन्धान कार्यालय प्रमुखसहितलाई मन्त्रालयमा डाकेर आवश्यक निगरानी बढाउन र अनुसन्धानलाई तीव्रता दिन प्रत्यक्ष निर्देशित गर्नुभयो । यसपश्चात् अपराध अनुसन्धान कार्यालयले ‘अप्रेशन’ चलायो । त्यसक्रममा केही कर्मचारी र बिचौलिया रंगेहात समातिएको तथ्य जगजाहेर नै छ । गृहप्रशासन नजिकबाट बुझ्नेलाई के थाहा छ भने, गृहमन्त्रीको इच्छाशक्ति बिना त्यसप्रकारको कारबाही असम्भव प्राय: हुन्छ । तत्पश्चात् पनि अनुसन्धानमा कुनै मोलमोलाहिजा नगर्न स्पष्ट निर्देशन दिनुभएको तत्कालीन प्रहरी नेतृत्व र टिमलाई जगजाहेर नै छ । यसक्रममा झण्डै ३९ जना पक्राउ गरिएको र ८ जना अध्यागमन कर्मचारी लगायतलाई मुद्धा दायर भएको व्यहोरासमेत स्मरण गराउन चाहन्छु ।

चौथो, यसरी निर्ममतापूर्वक अनुसन्धान अगाडि बढाइएपछि इतिहासमै पहिलोपटक अध्यागमनबाट बाहिरिन खोज्ने कर्मचारीको मन्त्रालयमा ताँती लाग्यो । कर्मचारीहरु अध्यागमनमा जान नमान्ने स्थिति देखापर्यो । दरबन्दीभन्दा बढी अधिकृत थुप्रिएर भरिभराउ हुने कार्यालयमा पहिलोचोटी दरबन्दीभन्दा कम अधिकृतबाट सेवा सुचारु गराउनुपर्ने अवस्था समेत श्रृजना भयो ।

पाँचौं, मन्त्री र सचिवालयसँग कुनै व्यक्तिगत चिनजान र सरोकार नभएका पूर्वप्रहरी नायब उपरीक्षक गोविन्द पन्थीजीले आफ्नो सरुवा भएकोमा तत्कालीन मा। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम जोड्नुभएछ। यद्यपि हामी हुँदा उहाँको सरुवा भएको होइन भन्ने कुरा उहाँ आफैले भन्नुभएको छ। तर मन्त्रीबाट हटिसके पछि पनि पूर्वमन्त्रीकै निर्देशनमा सरुवाको निर्णय गरिएको हास्यॅास्पद कुतर्क गर्नु भएको छ । त्यसक्रममा के भएको थियो  भनी  तत्कालीन प्रहरी प्रमुखसँग बुझ्दा अवधि पुगेकोले नियमानुसार सरुवा गरिएको तर  जिल्ला इन्चार्जको अर्को जिम्मेवारी दिंदा समेत नगएर  त्यहींबाट रिटायर्ड हुनुभएछ। त्यसैले निजको भनाई प्रथम दृष्टिमा सुनियोजित दुष्प्रचार हो भन्ने स्पष्ट हुन्छ ।

तसर्थ  सुशासनको पक्षमा निरन्तर कर्म गरिरहेको तत्कालीन मन्त्री, टिम र सरकारलाई आक्षेप लगाउन खोज्नुले ‘एटेन्सन सिकर’ का रुपमा आफ्नो वकालती पेशाको पब्लिसिटीका लागी गरिएको पनि हुन सक्छ। तर आजको सन्दर्भमा त्यो भन्दा पनि गम्भिर कुरा यतिका समयसम्म चुपचाप बसेर मानव तस्करसँगको साँठगाँठमा ‘दैनिक ५० लाख असुल्ने’ गरिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको “रेड”सॅगै सार्वजनिक भएपछि यसलाई विषयान्तर गर्न पूर्वडिएसपी साबलाई कसैले दुरुपयोग गरेको हुन सक्छ । अर्थात् अहिले पर्दाफास भएको अध्यागमनको भ्रष्टाचार र कारवाहीको लागि व्यापक रुपमा बढिरहेको जनदबाबबाट  ध्यान अन्यत्र मोड्न त्यो षडयन्त्रको अंग बनेर प्रस्तुत भएको हुन सक्छ । साथै देशको आजको मुख्य आवश्यकता भ्रष्टाचार एवं अनियमितता विरुद्धको सुशासन अभियान भएकाले भ्रष्टाचार विरोधी सुशासनको पक्षधर मुल नेतृत्वहरुमाथि प्रहार केन्द्रित गर्दै सुशासन अभियानलाई निरुत्साहित र कमजोर पार्ने अझ ठूलो षडयन्त्रको अंग अन्तर्गतको यो एउटा कडिको रुपमा आएको पनि हुन सक्दछ ।

मलाई विश्वास छ, नेपाली जनता र समाजले यस प्रकारको दुष्प्रचारलाई पर्दाफास गर्नेछ । र सुशासन अभियानलाई नारायणकाजी श्रेष्ठ जस्ता नेताहरुको अगुवाइमा अझ प्रभावकारी रुपमा अघि बढाइनेछ  भन्ने स्पष्ट छ । पूर्वडिएसपी पन्थीजी र लगायतले यो सत्यलाई समयमै बुझ्नु राम्रो हुन्छ । सुशासनको पक्षमा दृढ र निर्भिक तत्कालीन गृहमन्त्री ल्बचबथबल प्बवष् क्जचभकतजब र टिमलाई तत्कालीन प्रधानमन्त्री क। प्रचण्ड र ऋयmचबमभ एचबअजबलमब को आडभरोसा र अभिभावकत्व समेत प्राप्त थियो।

र अन्तमा सुशासनको प्रचण्ड प्रकाश प्रज्वलित गर्ने स्वर्णिम कार्यकालको नेतृत्वप्रति गौरवबोध सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 🙏

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending