काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ लागू भएको १४ वर्ष पूरा भएको छ। तर, यो ऐन कार्यान्वयन भए पनि जातीय भेदभाव र छुवाछूतका घटना घटेका छैनन्।
यो अवधिमा पानी, चुल्हो छोएको वा अन्तरजातीय विवाह गरेको निहुँमा १७ दलित समुदायका व्यक्तिको हत्या भएको छ भने धेरै सामाजिक बहिष्करणमा परेका छन्। समता फाउन्डेशनका अनुसार, ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास(मोरङ), नवराज विक (जाजरकोट), मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाई (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को हत्या भएको छ।
त्यस्तै, लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) को पनि हत्या भएको फाउन्डेशनका अध्यक्ष डा। मदन परियारले बताए।
ऐनअनुसार कसुर ठहरिएमा पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति र कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद तथा ५० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ। तर, छुवाछूतका घटना गाउँमै मिलापत्र गर्ने, प्रहरीले ऐनबारे जानकारी नभएको भन्दै उजुरी लिन आनाकानी गर्ने र उजुरी दर्ता भए पनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियारले बताए। अन्तरजातीय विवाहका कारण धेरै जोडी र दलित परिवार विस्थापित भएका छन्।
विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्ले सर्वसम्मतिबाट यो ऐन पारित गरेको थियो। ऐन पारित भएलगत्तै दैलेखको तोली गाउँ–२ धनीगाउँका सन्तबहादुर दमाई र राजकुमारी शाहीबीच प्रेमविवाह भएको निहुँमा राजकुमारीको माइतीपक्षले २०६८ भदौ १४ गते सन्तबहादुरका बाबु सेतेमाथि आक्रमण गरी हत्या गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पर्शुराम रम्तेलले ऐन प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताए। ‘मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ। सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ। तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि विभेदको जीवन बाँचिरहेको छ,’ उनले भने। दलित अधिकारकर्मीहरूले छुवाछूत र जातीय भेदभाव पूर्णरूपमा अन्त्य गर्न ऐनको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: