काठमाडौं। नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रुपमा स्थापना दिवस मनाउने भएको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।
स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुदलगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । ‘प्रदेश र सबै शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ,’ महासचिव पौडेलले भने,‘‘साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाउने तयारीमा जुटेका छौं ।’’
लोकतन्त्रप्रति आस्था राख्ने श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ भएको थियो । प्रेस युनियनले पत्रकारको हक, हित, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ । युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: