धनगढी। नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी स् मध्यपहाडी लोकमार्ग जागरण अभियानले राष्ट्र, राष्ट्रियता र समाजवादको पक्षमा मजबुत जनलहर प्रकट भएको जनाएको छ ।
सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले अभियानले क्रान्तिकारी ऊर्जा, सुदृढ जनसम्बन्ध, बलियो पार्टी एकता र माओवादीप्रति विश्वास बढेको दाबी गरिएको छ । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान समापनपश्चात् माओवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट मध्यपहाडी लोकमार्ग अभियान थालेको थियो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको उद्घाटन गरेको थिए ।
पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने १० वटा ठाउँमा स्याटेलाइट सहर योजनाभित्र पश्चिममा बैतडीको पाटन पर्ने गरेकाले मध्यपहाडी लोकमार्ग जागरण अभियानको सुरुवात यही विन्दुबाट गरिएको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ । मध्य पूर्वपश्चिम जोड्ने गरी सुरु गरिएको पुष्पलाल राजमार्ग माओवादीकै अवधारणामा निर्मित आर्थिक, सामाजिक रूपान्तरणको सडक रहेकाले अभियान सो राजमार्ग केन्द्रित गरिएको जनाइएको छ ।
बैतडीबाट सुरु भएको अभियान सुदूरपश्चिम प्रदेशको चार जिल्लाका १३ वटा पालिकामा पुगेको माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बताए । उनका अनुसार पाटनपछि डडेलधुराको बागबजार बसपार्कमा जनसंवाद, डोटीको पिपल्ला बजार र अछामको साँफेबगरमा जनसभा गरिएको थियो । अछामकै मङ्गलसेनमा जनसंवाद, पञ्चदेवल विनायक नगरपालिकामा स्वागत कार्यक्रम गरिएको थियो ।
अभियानका क्रममा सुदूरपश्चिममा बेपत्ता परिवार तथा घाइतेसँग भेटघाट कार्यक्रम तीन वटा, जनस्वागत १३ वटा ठाउँमा, स्थानीय पालिकाद्वारा १० ठाउँमा स्वागत गर्ने कार्य भएको माओवादी प्रदेश कमिटीले जानकारी दिएको छ ।
यसै गरी पाँच वटा समस्या अवलोकन, ६३ वटा ज्ञापनपत्र ग्रहण, चार वटा प्रशासनिक भेटघाट, एक वटा उद्घाटन, विभिन्न व्यक्तिसँग भेटघाट १५ वटा, सांस्कृतिक प्रस्तुति ११ वटा भएको माओवादी पार्टीले जानकारी दिएको छ ।
मध्यपहाडी लोकमार्ग जस्तो रणनैतिक सडक बन्नुको अन्तर्य स्थानीय उत्पादनलाई वृद्धि गरी व्यापक सहरीकरण गर्नु रहेको माओवादी भनाइ छ । यद्यपि, सुदूरपश्चिम प्रदेशमा यस सडक खण्डमा अपेक्षा गरिएअनुरूप आर्थिक विकास नभएको इन्चार्ज पोखरेलले बताएको छन् ।
अभियान पूर्ण रूपमा सफल भएको भन्दै माओवादी पार्टीले अभियान सफल पार्ने पार्टी नेतृत्व, सुदूरपश्चिम प्रदेशका नेता, कार्यकर्ता, स्थानीय सबैप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: