काठमाडौं, होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्तत: ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।
दुबैलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए।
उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।
अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए।
आचार्यका अनुसार उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।
अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’
त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्थे।
काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।
प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।
आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’
पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: