Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमको हिस्सा

खबरडबली संवाददाता

काठमाडौं । भारत–पाकिस्तान युद्द होस वा रुस– युक्रेन युद्द नै किन नहोस, यतिखेर परमाणु हतियारको चर्चा निकै चलिरहेको छ। यो आणविक वा परमाणु हतियार जुन युरेनियम बिना बनाउन असम्भव छ। विश्व आणविक संघको प्रतिवेदनमा विश्वमा २० वटा मात्रै युरेनियम उत्पादन गर्ने देश रहेको उल्लेख छ । तर, युरेनियम उत्पादनको मामिलामा भने मुस्लिम राष्ट्रको वर्चस्व कायमै छ। त्यो नाम हो–कजाकिस्तान ।

जम्मा २ करोड जनसंख्या भएको कजाकिस्तानको ७० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ भने यहाँ क्रिस्चियनहरू दोस्रो स्थानमा छन्, जसले जनसंख्यामको हिस्सा १७ प्रतिशत ओगटछन् ।

कजाकिस्तानले मात्रै विश्वलाई हरेक वर्ष २१ हजार टन युरेनियम उत्पादन गर्ने गर्छ । योसँगै क्यानडा दोस्रो स्थानमा (७३५१ टन)र नामिबिया तेस्रो स्थानमा ९५६१३ टन० रहेको छ । यस्तो अवस्थामा आणविक हतियारका लागि युरेनियम कति महत्त्वपूर्ण छ, हतियारका लागि यसले कसरी काम गर्छ र एक किलो युरेनियमले कति ऊर्जा निकाल्छ भन्ने प्रश्न उठन सक्छ ।

पहिले कजाकिस्तानमा यति धेरै युरेनियम किन छ भन्ने कुरा गरौं । यसका पछाडि तीनवटा कारण छन्, भौगोलिक, राजनीतिक र ऐतिहासिक। कजाकिस्तानको जमिन मुनि ठूला चट्टानहरू रहेका छन्, जसमा युरेनियम प्रशष्त पाइन्छ। यहाँका चट्टानहरू विशेषगरी युरेनियम जम्मा गर्नका लागि उपयुक्त रहेको छन्।

र, ऐतिहासिक कारण के हो भने काजाकस्तान पहिले सोभियत संघको एक हिस्सा थियो, त्यो अवधिमा सोभियत संघका वैज्ञानिकहरूले ठूलो मात्रामा युरेनियम पत्ता लगाएर उत्खनन गरेका थिए । त्यो अवधिमा धेरै खानीहरू निर्माण भएका थिए।

कजाकिस्तानको भूमिबाट विशेष प्रविधि प्रयोग गरेर युरेनियम निकालिन्छ, जुन सस्तो मात्र होइन वातावरणका लागि पनि राम्रो छ। यही कारणले गर्दा विश्वको कुल युरेनियमको ३० प्रतिशतसम्म कजाकिस्तानले मात्र उत्पादन गर्छ । यो प्रचलन सोभियत संघको समयदेखि चलिआएको छ ।

युरेनियम आणविक हतियार बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तर, हरेक प्रकारको युरेनियम यसलाई बनाउन उपयोगी साबित हुँदैन। युरेनियम– २३८ र युरेनियम–२३५ आणविक हतियार बनाउन प्रयोग गरिन्छ। युरेनियम २३८ प्राय: प्राकृतिक रूपमा पाइन्छ तर यो प्रत्यक्ष रूपमा परमाणु हतियारमा प्रयोग हुँदैन। तर, युरेनियम– २३५ भने निकै दुर्लभ मानिन्छ। यो हतियारहरू निर्माणमा प्रयोग गरिन्छ किनभने यस प्रकारको युरेनियमलाई विखंडनमा प्रयोग गर्न सकिन्छ, जसले ठूलो मात्रामा ऊर्जा जारी गर्दछ। आणविक हतियारको लागि युरेनियम आवश्यक छ तर सबै युरेनियम उपयोगी छैन।

जब परमाणु हतियार बिष्फोट हुन्छ,  यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले निमेषमा नै लाखौंको मृत्यु निम्त्याउँछ। युरेनियम– २३५ न्युट्रोनसँग टक्कर हुँदा यसले ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ। आणविक हतियारमा ९० प्रतिशतसम्म युरेनियम–२३५ हुन्छ । यो बिना परमाणु बम बनाउन सम्भव छैन् । यो ऊर्जा विनाशको लागि प्रयोग गर्न आवश्यक छैन। 

यो परमाणु विखंडनबाट गर्मी उत्पन्न गर्न परमाणु ऊर्जा संयंत्रहरूमा प्रयोग गरिन्छ। जसका कारण टर्बाइन घुमाएर स्टीम उत्पादन हुन्छ र बिजुली उत्पादन हुन्छ । जब परमाणु हतियारमा लगेर जोडिन्छ, यसले यति धेरै ऊर्जा उत्पादन गर्छ कि यसले लाखौंको मृत्यु निम्त्याउँछ।

युरेनियम कत्तिको शक्तिशाली छ भन्ने कुरा यस तथ्यबाट बुझ्न सकिन्छ कि एक किलोग्राम युरेनियम–२३८ को विखण्डनले हजारौं टन टीएनटी नामक विस्फोटक पदार्थबाट निस्कने जति ऊर्जा उत्पादन गर्छ। यही कारण हो कि यदि यसलाई गलत नियतका साथ प्रयोग गरियो भने यसले लाखौं जीवनलाई नष्ट गर्न सक्छ र यदि यसलाई राम्रोसँग प्रयोग गरियो भने यसले विश्वमा ठूलो परिवर्तन ल्याउन सक्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending