Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

खबरडबली संवाददाता
  • काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको कुल सञ्चालन आयमा सामान्य कमी आए पनि कर अघिको मुनाफामा भने उल्लेखनीय वृद्धि देखिएको छ। यद्यपि, खुद मुनाफामा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कमी आएको छ।

मुख्य वित्तीय विवरणको सारांश:

  • कुल सञ्चालन आय: रु. २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार (गत वर्षको सोही अवधिमा रु. २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार) – ०.६४ प्रतिशतले कमी
  • कुल आय: रु. २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार (गत वर्षको सोही अवधिमा रु. ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार) – ८.८९ प्रतिशतले कमी
  • EBITDA: रु. १४ अर्ब १९ करोड २१ लाख ९२ हजार (गत वर्षको सोही अवधिमा रु. १३ अर्ब ४० करोड २९ लाख ४५ हजार) – ५.८९ प्रतिशतले वृद्धि
  • कर अघिको मुनाफा: रु. ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार (गत वर्षको सोही अवधिमा रु. ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजार) – १६.८२ प्रतिशतले वृद्धि
  • खुद मुनाफा: रु. २ अर्ब ८४ करोड २२ लाख ८९ हजार (गत वर्षको सोही अवधिमा रु. ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार) – ४८.६७ प्रतिशतले कमी
  • प्रति शेयर आम्दानी (annualized): रु. २१.०५

राजस्व तथा खुद मुनाफामा आएको परिवर्तनका प्रमुख कारणहरू:

नेपाल टेलिकमले राजस्व र खुद मुनाफामा आएको परिवर्तनका मुख्य कारणहरू पनि उल्लेख गरेको छ:

  • ओटीटी (OTT) सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा कमी आएकोले अन्तरआवद्धता आयमा करिब २२.३७ प्रतिशतले कमी आएको र यसले समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको।
  • गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र कर्मचारीहरूको निवृत्तिभरणका लागि ठूलो रकम (गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस वर्ष रु. १३ अर्ब १५ करोड) छुट्याइएकाले लगानीमा कमी र ब्याज दर घटेको कारण ब्याज आयमा करिब ४६.०२ प्रतिशतले कमी आएको।
  • प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (ISP) हरूले मोबाइलमा आधारित वाई-फाई सेवा दिइरहेकाले मोबाइल डेटाको प्रयोगमा उल्लेखनीय कमी आएको।
  • राष्ट्रिय सञ्चार भएकोले बढी लागत र कम प्रतिफल हुने दुर्गम स्थानमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लागिरहेकोले लागत बढिरहेको।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजस्वमा नकारात्मक असर परेको।
  • नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन र यस वर्ष रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्याइएका कारण स्थगन करको प्रभाव परेको।
  • गत वर्षसम्म Contingent Liabilities मा देखिएका केही मुद्दाहरूको यस वर्ष छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भार व्यवस्थापन गरिएको।

यसरी नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरणले कुल सञ्चालन आय र कुल आयमा सामान्य गिरावट देखाए पनि, कर अघिको मुनाफामा वृद्धि भएको छ। तर, विभिन्न कारणहरूले गर्दा खुद मुनाफामा भने उल्लेख्य कमी आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending