Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तरुण दलको लम्मजुङ अधिवेशनमा खुकुरी प्रहार, ४ घाइते मध्य २ लाई काठमाडौं रिफर

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फर्केका छन् भने दुईजनाको थप उपचारका लागि शनिबार काठमाडौं रिफर गरिएको छ ।

जिल्ला सदरमुकाम बेसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरूमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।

घाइते हुनेमा बेसीसहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनेको घाइते किशोरजङ्ग बस्नेतले बताए । उनका अनुसार काँग्रेसका जिल्ला सभापति टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएका हुन् ।

‘राजनीति आफ्नो ठाउँमा छ प्रहरीले खुकुरी र तरबार खोजेको छ, तिनलाई कारवाही भएन भने राम्रो हुँदैन, प्रशासनप्रति पनि हाम्रो आपक्ति रहनेछ’ बस्नेतले भने, ‘हामी त बेसीशहरकै बासिन्दा हो, भोलिका दिनमा अन्य कोही काँग्रेस कुटियो भने त्यतिबेला हामीलाई पनि गिरफ्तार गर्र्न पाइन्न ।’

घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि काडमाडौं रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताए । उनका अनुसार खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवैको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो ।

अन्य दुई जना घाइते उपचार पछि र फर्किएकाछन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरू बिचको गुटबन्दीले घटना निम्तिएको हो ।

उक्त अधिवेशनमा कार्यसमितिको निर्वाचन निर्विरोध गर्नेका नाउँमा प्रतिनिधि छनौटदेखि कार्यसमितिमा एक लौटी गर्ने, कतिपय पुराना सदस्यलाई हटाएर चिन्दै नचिनेका व्यक्तिलाई पदाधिकारीमा ल्याउन काम गर्नु भएन नयाँ पुरानालाई मिलाएर समिति गठन गरौं भन्ने हाम्रो आग्रहलाई लत्याइयो किशोरजङ्ग बस्नेतले बताए ।उनका अनुसार तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहेका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, अध्यक्षका अर्का आकांक्षी भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकिएको हुँदा हाम्रो आपत्ती छ । उनले भने, ‘हामीलाई वार्ताका नाउँमा बोलाएर हतियार प्रहार गर्ने काम भयो, हाम्रो पनि नियत खराब हुन्थ्यो भने त्यस्तो हतियार हामीले पनि ल्याउन सक्थ्यौं ।’

यस विषयमा बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलसँग सम्पर्क गर्दा तपाईले जे थाहा पाउनु भयो, त्यही हो भने । उनलाई घट्नास्थलबाट हतियार बरामत भएको हो ? भन्ने जिज्ञासामा ‘यस विषयमा पनि बुझेर कुरा गर्छु नि है १’ भन्ने जवाफ दिए ।

यस घट्नाका विषयमा काँग्रेसका आधिकारिक व्यक्तिहरू कसैले पनि बोल्न चाहेका छैनन् । अधिकांशको फोन उठेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending