लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फर्केका छन् भने दुईजनाको थप उपचारका लागि शनिबार काठमाडौं रिफर गरिएको छ ।
जिल्ला सदरमुकाम बेसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरूमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।
घाइते हुनेमा बेसीसहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनेको घाइते किशोरजङ्ग बस्नेतले बताए । उनका अनुसार काँग्रेसका जिल्ला सभापति टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएका हुन् ।
‘राजनीति आफ्नो ठाउँमा छ प्रहरीले खुकुरी र तरबार खोजेको छ, तिनलाई कारवाही भएन भने राम्रो हुँदैन, प्रशासनप्रति पनि हाम्रो आपक्ति रहनेछ’ बस्नेतले भने, ‘हामी त बेसीशहरकै बासिन्दा हो, भोलिका दिनमा अन्य कोही काँग्रेस कुटियो भने त्यतिबेला हामीलाई पनि गिरफ्तार गर्र्न पाइन्न ।’
घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि काडमाडौं रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताए । उनका अनुसार खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवैको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो ।
अन्य दुई जना घाइते उपचार पछि र फर्किएकाछन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरू बिचको गुटबन्दीले घटना निम्तिएको हो ।
उक्त अधिवेशनमा कार्यसमितिको निर्वाचन निर्विरोध गर्नेका नाउँमा प्रतिनिधि छनौटदेखि कार्यसमितिमा एक लौटी गर्ने, कतिपय पुराना सदस्यलाई हटाएर चिन्दै नचिनेका व्यक्तिलाई पदाधिकारीमा ल्याउन काम गर्नु भएन नयाँ पुरानालाई मिलाएर समिति गठन गरौं भन्ने हाम्रो आग्रहलाई लत्याइयो किशोरजङ्ग बस्नेतले बताए ।
उनका अनुसार तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहेका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, अध्यक्षका अर्का आकांक्षी भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकिएको हुँदा हाम्रो आपत्ती छ । उनले भने, ‘हामीलाई वार्ताका नाउँमा बोलाएर हतियार प्रहार गर्ने काम भयो, हाम्रो पनि नियत खराब हुन्थ्यो भने त्यस्तो हतियार हामीले पनि ल्याउन सक्थ्यौं ।’
यस विषयमा बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलसँग सम्पर्क गर्दा तपाईले जे थाहा पाउनु भयो, त्यही हो भने । उनलाई घट्नास्थलबाट हतियार बरामत भएको हो ? भन्ने जिज्ञासामा ‘यस विषयमा पनि बुझेर कुरा गर्छु नि है १’ भन्ने जवाफ दिए ।
यस घट्नाका विषयमा काँग्रेसका आधिकारिक व्यक्तिहरू कसैले पनि बोल्न चाहेका छैनन् । अधिकांशको फोन उठेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...
चैत्र १४ गते, २०८२ - १९:०९
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा कुटिएका ५० वर्षीय युवराज ओलीले प्रदर्शनकारीलाई...
चैत्र १४ गते, २०८२ - १९:०६
भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ...
चैत्र १४ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या ...



प्रतिकृया लेख्नुहोस्: