Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्  सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा  गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका) गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले सरकारले नयाँ -नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारी स्तरबाटै कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

साे क्रममा उनले भने, “यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर भन्दा पनि बेइजिङसँग पनि कुटनितिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ ।”

यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो । भेटमा  महिला सचिव गुरुङले एनआरएन हङकङले पटक– पटक वर्किङ भिसा खुल्ला गर्नका लागि कुटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको स्मरण गराउँदै भनिन्, “हाल हङकङ हाल ३० हजारको हाराहारीमा नेपालीहरु छन्, हावापानीदेखि सुरक्षा र तलवको हिसाबले पनि नेपाली युवाहरुका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कुटनीतिक पहल गर्नुपर्छ ।”

हङकङमा घरेलु महिला कामदारको माग अत्याधिक रहेपनि भिसा नपाउँदा गैरकानूनी र अवैधानिक  बाटोबाट महिलाहरु जने गरेको सचिव गुरुङले बताइन् । “घरेलु कामदारको ठूलो माग पनि छ, उहाँले भन्नुभयो “जोखिम मोलेर खाडी गइरहेका महिला दिदीबहिनीहरुका लागि हङकङमा बाटो खुल्ला गर्न सके निकै राम्रो अवसर पनि छ तर वैधानिक रुपमा जान नपाएपछि पछिल्लो समय महिलाहरु दलालमार्फत चर्को रकम तिरेर गैरकानूनी रुपमा हङकङ जान थालेका छन् यसले ठूलो समस्याको संकेत गरिसकेको छ ।” उनले थपिन्, “यसलाई समयमै रोक्न नसके भोलि ठूलो समस्या भोग्नुपर्छ ।”

जवाफमा मन्त्री भण्डारीले आफू पनि भिसा खुलाउनुपर्छ भन्नेमा गम्भीर रहेको  उल्लेख गरे । उनले भने, “रोजगारीका लागि  भिसा खुलाउन म पनि निकै सकारात्मक छु, सरकार गम्भीर छ तर त्यसमा सुरक्षाको ग्यारेन्टी पहिलो शर्त हो । हामीले हाम्रा चेलीलाई काममा विदेश पठाउँदै छौँ भने उनीहरुको सुरक्षा पहिलो शर्त हो यसका लागि हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नुपर्छ । अहिले हामीले युएईसँग पाइलट प्रोजेक्ट गर्ने योजना बनाएका छौँ जसमा घरमा काम गर्न जाने महिला कामदारको सहजता र सुरक्षाका अधिकत्तम शर्तहरु रहनेछन्, त्यो सफल भए अन्य देशमा पनि त्यही अभ्यास अनुशरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।”
 
राष्ट्रिय समन्वय परिषद् हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालले हङकङमा नेपाली युवाहरूका लागि सुरक्षित, मर्यादित र समुचित तलबसहितको रोजगारी उपलब्ध गराउन सक्ने सम्भावना रहेको हुँदा नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत पनि ठुलो योगदान हुन सक्ने उल्लेख गरे । उनले भने, “कामदार भिसा खुलाउने सन्दर्भमा नेपाली र हङकङ सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न सकिने सम्भावना छ, जसले दीर्घकालीन समाधानको बाटो खोल्न सक्छ र अन्य मुलुकबाट हङकङ आउने कामदारहरूलाई अवसर दिइएको देखिन्छ, नेपालका लागि पनि समान अवसर उपलब्ध गराउन दबाब आवश्यक छ।”हङकङ सरकारसँग विश्वास निर्माण गर्न एनआरएन हङकङ, दूतावास तथा नेपाली सरकारबीच समन्वयात्मक पहल अपरिहार्य रहेको उनको भनाई थियो । 

भेटमा संसदीय समिति, मानव अधिकार आयोग तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराई राष्ट्रिय नीति निर्माण तहमा समेत छलफलको एजेण्डा बनाउन जरुरी रहेकाले आवश्यक पहल अघि बढाउन मन्त्री भण्डारीसमक्ष अनुरोध गरिएको थियो ।
 
रसियाका लागि श्रम स्वीकृति खुला गर्न अनुरोध
यसैबीच फरक प्रसंगमा संघका सिइओ राजेन्द्र कुमार राउतले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री समक्ष अनुरोध गरे । सिइओ राउतले तत्कालिन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई श्रम स्वीकृति कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो पुनः आवश्यक पहल गर्ने बताएका छन् ।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै २०८० पुस १९ मा वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।यस सम्बन्धमा संघले पटक पटक श्रम तथा परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराउँदै आएको छ ।

यस्तै भेटका क्रममा  पछिल्लो समय रोमनिया, क्रोयसिया लगायतका यूरोपेली मुलुकमा आकर्षक काम र तलवको प्रलोभन देखाइ ठगी गर्ने र उनीहरुलाई अलपत्र पार्ने गरेको विषयमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending