रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भएका छन् ।
सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । घटनामा सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका९८ मैनिहवाकी १४ बर्सिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले बताए ।
रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै, हुलाकी राजमार्गअन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।
शुक्रवार नै भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार ठोक्किएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएङ्काे छ ।
रुपन्देही प्रहरी प्रवक्ता, डिएसपी सुरज कार्कीका अनुसार मृत्यु हुनेमा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य रहेको आधार कार्डबाट खुलेको छ । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । घाइते कार चालक भारतको अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा रहेका छन् । पिकअपमा चालकसहित सवार पाँच जना सामान्य घाइते छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: