रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भएका छन् ।
सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । घटनामा सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका९८ मैनिहवाकी १४ बर्सिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले बताए ।
रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै, हुलाकी राजमार्गअन्तर्गत लुम्बिनीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थितमा पिकअप भ्यान र भारतीय कार एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।
शुक्रवार नै भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार ठोक्किएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएङ्काे छ ।
रुपन्देही प्रहरी प्रवक्ता, डिएसपी सुरज कार्कीका अनुसार मृत्यु हुनेमा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य रहेको आधार कार्डबाट खुलेको छ । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । घाइते कार चालक भारतको अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा रहेका छन् । पिकअपमा चालकसहित सवार पाँच जना सामान्य घाइते छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: