Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

संविधानले लोकतन्त्र र मानवअधिकार सुनिश्चित गर्नेछ– मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाली जनताको दशकौँ लामो चाहना र प्रयासपछि जनप्रतिनिधिबाट जारी भएको नेपालको संविधान एउटा ऐतिहासिक दस्तावेज तथा लोकतन्त्र र मानवअधिकारको आधार स्तम्भ भएको जनाएको छ ।

\"Manab

आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकको पहिचान, मर्यादा, स्वतन्त्रता र समानताको सुनिश्चितता हुनेमा विश्वास लिएको उल्लेख छ ।

विज्ञप्तिमा संविधानकै विषयलाई लिएर विगत लामो समयदेखि राजनीतिक दलहरुले गरिरहेको विरोध प्रदर्शन, बन्द हड्तालमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीतर्फ १० र प्रदर्शनकारीतर्फ ३१ जना गरी अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको आयोगको अनुगमनबाट पाइएको उल्लेख छ ।

आयोगले बन्द हड्तालबाट उत्पन्न परिस्थितिले आम नेपाली नागरिकको दैनिक जीवनयापन, रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षा, आवागमनजस्ता मानव अधिकारका मूलभूत विषयमा पर्न गएको प्रभावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको छ ।

पहिचान, अस्तित्व र मर्यादा सबैका लागि अतिप्रिय हुने र बन्द हड्ताल, विरोध प्रदर्शन वा बल प्रयोगबाटै यस्ता विषयको दीर्घकालीन समाधान सुनिश्चित नहुने भएकाले यस्ता गतिविधि रोकी आयोग नेपाल सरकार र आन्दोलनरत पक्षलाई तत्कालै वार्ता र संवादमार्फत समस्याको निकास खोज्न आयोगले पुनः आग्रह गरेको छ ।

साथै, निर्वाचित जनप्रतिनिधिद्वारा जारी नयाँ संविधानका सबल र दुर्बल पक्षको तथ्यपरक विश्लेषण गरी अत्याधिक लचकताका साथ ठोस निष्कर्षमा पुग्न आयोगले दुवै पक्षलाई ध्याकर्षण गराएको छ ।

बालबालिका, महिलासहित निर्दोष नागरिकले जीवन गुमाउन बाध्य हुने परिस्थिति सिर्जना हुनु मानव अधिकारको दृष्टिबाट क्षम्य नहुने र शान्तिपूर्ण आन्दोलन भनिएपनि निजी सम्पत्ति आगजनी र तोडफोड गर्नुले आन्दोलनरत पक्षको शान्तिपूर्ण प्रदर्शन गर्न र भेला हुन पाउने संवैधानिक अधिकारलाई सङ्कुचित गर्ने र त्यसबाट आफ्ना जायज मागसमेत ओझेलमा पर्न सक्नेतर्फ सजग रहन पनि आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending