Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही

खबरडबली संवाददाता

काठमाडौं  । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । 

स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

 सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो । 

गुनासो कर्ताले गएको सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । 

अनुगमनका क्रममा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालका डेपुटी म्याटर्न भाइकुमारी गुरुङ्गले अटोक्लेभ गर्ने भनिएको सानो कोठामा पुर्‍याउनुभयो । त्यो कोठामा मुस्किलले २ जना अट्टाउन कठिन थियो ।

 उनले दैनिक ५ किलोग्रामसम्म हानीकारक फोहर निर्मलीकरण गर्ने गरिएको अटोक्लेभ मेसिन देखे । त्यो ठाउँ र अटोक्लेभ मेसिनको बाहिरी भाग धुलोले ढाकिएको देखेर अनुगमन टोलीले निर्मलीकरण गरिएको भनेर पत्याएन । 

टोलीले नपत्याएपछि गुरुङ्ले विश्वस्त पार्दै भन्नुभयो, ‘मैले यहाँ काम गरेको १८ वर्ष भयो । म हजुरहरुलाई किन ढाँटूँ?’ उहाँको भनाइ मान्दै टोलीले भन्यो, ‘उसो भए अटोक्लेभ गरिएको फोहर हेरौँ न त ।’ 

त्यसपछि फोहर व्यवस्थापनमा खटिने २ जना महिलाहरुले फोहरको पोको ल्याउनुभयो । भुइँमा प्लाष्टिक विछ्याएर पोको खोलियो । खोल्दा खोल्दै गुरुङ् भन्दै हुनुहुन्थ्यो, ‘ऊ बाहिर टाँसिएको टेप हेर्नु त । पाकेको यसैबाट थाहा भइहाल्छ नि ।’ 

फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भन्नुभयो, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’

गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउण्डमा फोहर राखेर दुर्गन्ध फैलिएको थिएन । अस्पतालको कम्पाउण्ढको स्वच्छतामा भने कमजोरी थियो । बरु, अटोक्लेभ गरेर राखेको भनिएको फोहरबाट भने कडा गन्ध आएको थियो । 

यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक भने होइन । 

यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरपालिकाले चाहेको वातावरणीय अवस्थाका विषयमा वुझाइएको थियो । यो अस्पताल मात्र होइन । दोहोर्‍याएर अनुगमन गर्दा हरेकजसो अस्पतालले पहिलो पटक टोली पुगेको जस्तो, आफू अनभित्र भएको जस्तो अभिव्यक्ति दिने गरेका छन् । 

अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रा. लि. ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले, महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिए । 

ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ ।

 यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।  

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अस्पतालहरुले हानीकारक फोहर व्यवस्थापनमा गरेका लापर्वाही हुन् ।;

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

सिँचाइमा दिँदै आएको विद्युत् अनुदान रोकिँदा किसान संकटमा

विराटनगर । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्दै स्थानीय तहहरूले वर्षौंदेखि उपलब्ध गराउँदै आएको सिँचाइका लागि विद्युत् महसुल अनुदान संघीय सरकारको नयाँ न...

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending