रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।
मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखानालाई बताए ।
भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा अवैध रूपमा भारतीय क्षेत्रबाट चारैजना चिनीया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतिय क्षेत्रमा प्रवेश गर्दैगर्दा पक्राउ परेका चिनीया नागरिक माथी हरैया थानामा (प्राथमिकी)एफआईआर दर्ता गरी अनुसन्धान तथा कार्वाही शुरू गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।
चारैजना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश गरिरहेका थिए। पक्राउ परेका मध्ये एकजना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।
चारैजना भारतीय नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ। उक्त महिलासँग पाकिस्तानी नम्बरहरू फेला परेकाले महिलाको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने भारतीय प्रहरीको अनुमान छ।
ती चारैजना चिनियाँ नागरिक एक हप्तादेखि नेपालको राजधानी काठमाडौँमा बसेर बुधवार किन अवैध रूपमा भारत प्रवेश गर्न खोजेको हो अनुसन्धानको बिषय रहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले बिशेष रुपमा सोधपुछ गरिरहेको बुझिएको छ।
भारतीय सेनाले पाकिस्तान माथी मंगलवार राती अपरेशन सिन्दूर चलाएपछि अबैध घुसपैठ हुनसक्ने आशंकामा नेपालका सशस्त्र प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सीमाना हाई अलर्ट बनाएको छ। भारतीय सीमामा नेपालबाट आउने र जाने सबै मानिसहरूको निगरानी तथा राम्ररी जाँच भइरहेको छ । भारत प्रवेश गर्ने मानिसको एसएसबिले अनिवार्य परिचयपत्र जाँच गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: