Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

मोतीहारीमा ४ जना शंकास्पद चिनीया नागरिक पक्राउ

खबरडबली संवाददाता

रौतहट । भारत पाकिस्तान बीच युद्द हुने जस्तो तनावग्रस्त अवस्थामा भारत बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनीया नागरिक पक्राउ परेका छन्।

मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनीया नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीन हुनान प्रान्तका डेन विजोन ,लीं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखानालाई बताए ।

भारतीय सीमा सुरक्षा बल एसएसबी र मोतिहारी पुलिसले बिना भिसा  अवैध रूपमा भारतीय क्षेत्रबाट चारैजना चिनीया नागरिक लाई पक्राउ गरेको एसपी प्रभातले बताए । भारतिय क्षेत्रमा प्रवेश गर्दैगर्दा पक्राउ परेका चिनीया नागरिक माथी हरैया थानामा (प्राथमिकी)एफआईआर दर्ता गरी अनुसन्धान तथा कार्वाही शुरू गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।

चारैजना नेपाल सीमाबाट अवैध रूपमा भारत प्रवेश  गरिरहेका थिए। पक्राउ परेका मध्ये एकजना महिला पनि छिन्। उक्त महिलाले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। हाल उनीहरू मोतीहारी प्रहरीको नियन्त्रणमा लिएर सुरक्षा एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्।

चारैजना भारतीय नागरिकलाई आज जिल्ला अदालत मोतीहारीमा उपस्थित गराइने भारतीय प्रहरीको योजना रहेको छ। पक्राउ परेकी महिलाले आफूलाई नेपालको नागरिक भएको दाबी गर्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी प्रहरीको भनाई छ। उक्त महिलासँग पाकिस्तानी नम्बरहरू फेला परेकाले महिलाको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने भारतीय प्रहरीको अनुमान छ।

ती चारैजना चिनियाँ नागरिक एक हप्तादेखि नेपालको राजधानी काठमाडौँमा बसेर बुधवार किन अवैध रूपमा भारत प्रवेश गर्न खोजेको हो अनुसन्धानको बिषय रहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले बिशेष रुपमा सोधपुछ गरिरहेको बुझिएको छ।

भारतीय सेनाले पाकिस्तान माथी मंगलवार राती अपरेशन सिन्दूर चलाएपछि अबैध घुसपैठ हुनसक्ने आशंकामा नेपालका सशस्त्र प्रहरीका साथै भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत र नेपालको सीमाना हाई अलर्ट बनाएको छ। भारतीय सीमामा नेपालबाट आउने र जाने सबै मानिसहरूको निगरानी तथा राम्ररी जाँच भइरहेको छ । भारत प्रवेश गर्ने मानिसको एसएसबिले अनिवार्य परिचयपत्र जाँच गरिरहेका छन्।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्बोडियाबाट ४६ नेपाली उद्धार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार ...

संसदीय समितिका सभापतिमा उम्मेदवारीबारे छलफलमा विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्न आन्तरिक तथा संयुक्त छलफलमा जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (न...

संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता, भोलि उम्मेदवार सूची प्रकाशन

काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म ...

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending