Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

खबरडबली संवाददाता

काठमाडाैं । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ ।

सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको छ । सिंगापुरको यी सबै सिटमा उम्मेदवारी दिने एकमात्र पार्टी पीएपी नै थियो ।


यसबाहेक करिब ११ राजनीतिक दल तथा २ सय ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।सन् १९६५ देखि लगातार सत्तामा रहेको सो पार्टी सन २०२५ को आम निर्वाचनमा पनि भारी जित हासिल गरेको छ ।

यो जितपछि प्रधानमन्त्री वोङले बलियो जनादेशका लागि हामी कृतज्ञ रहेको बताए । ‘हामी अझै कडा मेहनत गरेर तपाईंको विश्वासको सम्मान गर्नेछौं’ जीत पछि उनले भने । सन् १९४८ मा भएको पहिलो आम निर्वाचनपछि यो सिंगापुरको १९औँ आम निर्वाचन थियो र सन् १९६५ मा स्वतन्त्र भए पछिको १४औँ निर्वाचन हो ।

यस निर्वाचनमा नेसिपी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, वर्कर्स पार्टीले २६ सिटमा मात्रै चुनाव लडेर सुरूमा नै मैदानमा कमजोर प्रस्तुति दियो ।


खासमा १५ मे २०२० मा सिंगापुरले २० वर्ष पछि नयाँ प्रधानमन्त्री पाएको थियो । राष्ट्रपति थर्मन सानमुग रत्नमले अर्थशास्त्री लरेन्स वोङलाई देशको चौथो प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए ।  यसअघि सिएन लुङ यहाँ २० वर्षसम्म प्रधानमन्त्रीको पदको जिम्मेवारीमा रहिरहेका थिए । वोङ नै सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका छन, जो देशको स्वतन्त्रता पछि जन्मेका हुन् ।

लरेन्स वोङको राजनीतिक करियरको बारेमा कुरा गर्दा उनी २०२० मा पाण्डेमिक टास्क फोर्सको सह अध्यक्षको रूपमा काम गर्दा चर्चामा आएका थिए। त्यस समय देखि वोङ देशमा समाचारमा छाइनै रहे । यही कारण उनको लोकप्रियताका कारण २०२२ मा उनलाइ उत्तराधिकारी बनाइएको थियो। र, प्रधानमन्त्री लरेन्स वङलाई सन् २०२४ मा देशको चौथो प्रधानमन्त्री बनाइएको थियो।


प्रधानमन्त्री बनेपछि वोङको यो पहिलो निर्वाचन हो। जुन देशको वर्तमान अवस्थालाई हेर्दा अप्ठ्यारो मानिएको थियो । किनभने मुद्रास्फीति र आप्रवासीको बढ्दो भीड यहाँको मुख्य समस्या बनेको थियो। यद्यपि, यी सबै समस्याहरूलाई पार गर्दै वोङले आफ्नो पहिलो चुनाव जिते र आफ्नो पार्टीको जारी जीतलाई पनि कायम राखे ।

पिएपीले स्वतन्त्रतादेखि नै देशको नेतृत्व गरिरहेको छ । सन् १९४८ मा सिंगापुरमा पहिलो पटक आम निर्वाचन भएको थियो । यसपछि सन् १९६५ मा देश स्वतन्त्र भयो। स्वतन्त्रतापछि सिंगापुरको यो १४औँ आम निर्वाचन थियो, जसमा पीएपी पार्टी विजयी भएको थियो। सिंगापुर स्वतन्त्र भएदेखि नै पीएपीको नियन्त्रणमा छ। सिङ्गापुरमा अरु धेरै दलहरु भए पनि पछिल्लो ६५ वर्षमा सिंगापुरमा कुनै पनि पार्टीले सरकार बनाउन सकेको छैन । 

खासमा यहाँ कुनै पनि दलले पीएपीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री लरेन्स वोङले आफ्ना समर्थकहरूको अभिवादनलाई थम्ब्स अप दिएर स्वीकार गरे।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending