काठमाडौं । भारतको राजधानी दिल्लीमा शुक्रबार बिहान भारी वर्षा भएको छ । आँधीबेहरीसँगै भएको वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । समाचार संस्था पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडान डाइभर्ट गरिएको छ भने १०० भन्दा बढी उडानमा ढिलाइ भएका छन् ।
एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडान जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको थियो । दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको एक्समा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख गरेको छ । यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको बताइएको छ ।
विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानका बारेमा जानकारीका लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ । ‘हामीलाई बिहान ५ः२५ बजे नजफगढको खरखारी नाहर गाउँमा घर भत्किएको बारेमा फोन आयो । हामीले घटनास्थलमा धेरै टोली खटायौं र भग्नावशेषबाट चार जनालाई उद्धार गर्यौं,’ दिल्ली अग्नि सेवाका एक अधिकारीले पीटीआईलाई बताए । अधिकारीले उनलाई नजिकैको अस्पताल लगिएको र डाक्टरहरूले मृत घोषणा गरेको बताए ।
वर्षाका कारण दिल्ली एनसीआरका धेरै ठाउँमा पानी जमेको थियो, धेरै रुख ढलेका थिए र मानिसहरूले ट्राफिक जामको सामना गर्नुपरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपु...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...




प्रतिकृया लेख्नुहोस्: