Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

माओवादी प्रचार विभाग सचिवमा थापा

एकताबाट आएका ५ जना प्रेस सेन्टरको केन्द्रीय सदस्य मनोनीत

खबरडबली संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष बलराम थापालाई माओवादी केन्द्रको प्रचार विभाग सचिवको जिम्मेवारी दिइएको छ । केही दिनअघि प्रचार विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रचार विभागको सचिवको जिम्मेवारी दिएको हो ।

वैशाख १३ मा काठमाडौंमा सम्पन्न सेन्टरको पहिलो केन्द्रीय समिति बैठकले संगठनको विधान बमोजिम केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने बाँकी सदस्य आगामी केन्द्रीय समितिको बैठकबाट मनोनीत गर्नेगरी एकता प्रक्रियाबाट आएका ५ जनालाई केन्द्रीय सदस्य मनोनीत समेत गरेको छ । जसमा उज्ज्वल पौडेल, रमेश पोखरेल, विक्रम श्रेष्ठ, अच्युत पौडेल र मनराज कठायत छन् ।

संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, अध्यक्षका प्रत्यासी दीपेन्द्र रावललाई सल्लाहकार मनोनीत गरिएको छ ।

केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्यविभाजन आउँदो बैठकबाट गर्ने तयारी रहेको बताइएको छ । विधानको प्रावधानअनुसार पदाधिकारी, प्रदेश अध्यक्ष रहेको सचिवालय गठन गर्ने, सचिवालयमा बाह्य मोर्चाका केन्द्रीय समितिका पदाधिकारी पदेन सदस्य रहने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा बाह्य मोर्चाका प्रमुख पदमा रहेका पदाधिकारी पदेन सदस्य रहनेगरी कार्यालय पनि गठन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संखुवासभामा जीप दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् ।   चैनपु...

पर्यटक र बीमा ठगीको जालो: ‘फेक रेस्क्यू’ काण्डमा ६ ट्राभल व्यवसायी पक्राउ

काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

तारको झन्झट अन्त्यतर्फ विज्ञानको फड्को: हावाबाटै बग्ने बिजुलीको युग नजिकिँदै

काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...

राष्ट्रियसभा निर्वाचनः मधेशमा ९३.६८ प्रतिशत मतदान, तर किन अनुपस्थित भए २२ जनप्रतिनिधि?

जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...

मानिस कि जंगल ? बालेन शाहको प्रस्ताव—वनछेउका बस्ती सार्ने सरकारी नीति चाहिन्छ

काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...

आगोले रोकेको मुद्दा फेरि अघि बढ्दै: नक्कली भुटानी शरणार्थी प्रकरणका मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...

हतियार प्रदर्शन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं ।  सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...

कोशीको माथिल्लो सदनमा नयाँ पुस्ता: विरासत, संघर्ष र समावेशिताको तीन कथा

काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending