Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

भारतबाट अब दिनहुँ १५ घण्टा बिजुली

खबरडबली संवाददाता

काठमाडौं । भारतबाट दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ । शुक्रबारदेखि बिहान ६ देखि साँझ ५ (सोलार आवर) र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ ६ सय मेगावाट बिजुली १५ घण्टा आयात गर्ने अनुमति दिएको हो । गत चैत १५ यता प्राधिकरणले बिहान ६ देखि साँझ ५ सम्म र राति ११ देखि बिहान ४ बजेसम्म गरी दिनहुँ १६ घण्टा बिजुली आयात गर्दै आएको थियो ।

भारतबाट बिजुली आयात गर्ने समय एक घण्टा कम भएको स्वीकार गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जुनसम्म बिजुली आयात गर्न दिएकामा धन्यवाद दिए । ‘हामीलाई अभाव हुने मे र जुनसम्म दुई महिनाका लागि भारतबाट बिजुली आपूर्ति विस्तार गरिएको छ,’ उनले भने, ‘हामीलाई आवश्यकताका बेलामा भारतले सहयोग गरेको छ, एक घण्टा कम भए पनि थप दुई महिना बिजुली आपूर्ति जारी राखेकामा धेरै आभारी छौं । हाम्रो खोलानालाको बहाव बढ्दै छ । त्यसले आन्तरिक उत्पादन पनि बढाउँछ ।’

बिहीबारसम्म दिनहुँ १६ घण्टा बिजुली आयात गर्न पाइन्थ्यो । अब १५ घण्टा मात्रै बिजुली आयात गर्न पाइने उनको भनाइ छ । मुलुककै नदीनालामा बहाव बढेको र आन्तरिक उत्पादनसमेत वृद्धि भइरहेको उनले जनाए । आयातित बिजुली र आन्तरिक उत्पादन बढ्दो क्रममा रहेकाले अब औद्योगिक क्षेत्रमा हुने बिजुली कटौती हुने क्रम घट्दै जाने शाक्यले बताए ।

भारतबाट टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात भइरहेको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा थियो । गत चैत ३ देखि सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति थियो । भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ ।

यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट ३५० मेगावाट बिजुली आयात गर्न पाइन्छ । तर अहिले २ सय मेगावाट मात्रै आयात भइरहेको शाक्यले जनाए । बढ्दो तापक्रम, इन्डियन प्रिमियर लिग (आईपीएल) र बिहारमा चुनाव र का कारण भारतमै बिजुलीको माग बढ्दा उसले आनुपातिक आधारमा मात्रै बिजुली दिइरहेको शाक्यले बताए ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको भनाइ छ ।

औद्योगिक क्षेत्रको मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसक्दासम्म भारतबाट अधिकतम मूल्यमा समेत आयात गर्ने प्रयास गरिएको छ ।

नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अपठ्यारो परिस्थितिमा आगामी जुनसम्म भारतले बिजुली आयात गर्न दिएको प्राधिकरणले जनाएको छ । औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत उपलब्धतालाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको प्राधिकरणको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

‘औद्योगिक क्षेत्रको मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको छ । यसले औद्योगिक ग्राहकमा देखिएको समस्या पनि समाधान हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending