काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौँ तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनले भने, “पक्राउ पर्नेमध्ये सम्पूर्णले बेलायत पठाइदिने भन्दै रु ३५ लाख, सुजनले बेलायत पठाइदिने भन्दै रु २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिणकोरिया पठाइदिने भन्दै रु सात लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: