काठमाडौँ। अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधवारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए ।
यसले रेफर लिनका लागि बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
यसै गरी, मन्त्रिपरिषद्बबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउन ।
‘स्वास्थ्य बिमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।’
यसै गरी, संसाधनअनुसार अब सबै तहमा स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बिमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संसाधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बिमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...
माघ १८ गते, २०८२ - १७:०६
काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...
माघ १८ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढ...
माघ १८ गते, २०८२ - १६:४४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने कि जलाउने भन्नेबीचको प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौंको चाबहि...
माघ १८ गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...
माघ १८ गते, २०८२ - १५:२२
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...
माघ १८ गते, २०८२ - १५:१२
काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...
माघ १८ गते, २०८२ - १५:०१
जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...
माघ १८ गते, २०८२ - १४:५१
वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...
माघ १८ गते, २०८२ - १४:४३
हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...



प्रतिकृया लेख्नुहोस्: