Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै मेयर बालेन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने गरि सीपमूलक तालिम दिने भएको छ। महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम दिइने प्रमुख बालेन शाहले बताएका छन्। 

उनले गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको स्मरणसमेत गरेका छन्। उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको उनले बताएका छन्।'सीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो,' उनले फेसबूकमा लेखेका छन्।

२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने
हाल श्रम बजारमा सिपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल कायमै छ। काठमाडौं महानगरपालिकाले यो समस्याको समाधानलाई उच्च प्राथमिकता दिँदै मेलाका अतिरिक्त नियमित तालिम पनि प्रदान गर्दै आएको यहाँहरूलाई अवगत नै छ।
आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको छ। सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो।
गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुंडिखेलमा पहिलो पटक ‘सिप मेला’ आयोजना गरिएको थियो। उक्त मेलाबाट तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। त्यस मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवालाई तालिम दिने लक्ष्य थियो भने २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो। तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका छन् भने धेरैजसो स्वरोजगारमा संलग्न भएका छन्। रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको जानकारी गराउन चाहन्छौँ।
विगत सिप मेलाबाट प्राप्त सिकाइ तथा नियमित तालिमको अनुभवका आधारमा यस वर्ष पनि ‘सिप मेला’ कार्यक्रमलाई निरन्तरता दिइएकोमा हामी हर्षित छौँ।
महानगरपालिकाले आउँदो जेठ ७ गतेदेखि टुंडिखेलमा सुरु हुने मेलामा २०८२ जनालाई रोजगारीमूलक तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।
यस वर्षको सिप मेलामा गत वर्ष फारम भरेर तालिम लिन नपाएका व्यक्ति, काठमाडौं महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक व्यापार वा ठेलागाडामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। तालिममा सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन्।
रोजगारीका प्रशस्त सम्भावना आन्तरिक बजारमै रहेको देखाउँदै, सिप नहुनाले अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको जनशक्तिलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्नु तालिमको मुख्य उद्देश्य हो। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने लक्ष्यसहित तालिम सञ्चालन गरिनेछ। सिप नभएका व्यक्तिलाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगारी र स्वरोजगारमा लगाउने, र रोजगारीमा रहेर पनि सिप नपुगेकाहरूको व्यावसायिक स्तर वृद्धि गरेर आयमा बृद्धि गराउने कार्य यस कार्यक्रमअन्तर्गत गरिनेछ।
१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूले तालिममा सहभागी हुन सक्नेछन्। मेला ३० दिनसम्म चल्नेछ, जसमा दैनिक ६० वटा कक्षामा तालिम सञ्चालन गरिनेछ।
तालिम सम्पन्न भएपछि दुई दिने ‘पोस्ट मेला’ आयोजना गरिनेछ, जसमा दीक्षान्त समारोह, प्रमाणपत्र वितरण तथा तालिम प्राप्त व्यक्तिहरूलाई उद्योगहरूसँग जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
धन्यवाद।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending