Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै मेयर बालेन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने गरि सीपमूलक तालिम दिने भएको छ। महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम दिइने प्रमुख बालेन शाहले बताएका छन्। 

उनले गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको स्मरणसमेत गरेका छन्। उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको उनले बताएका छन्।'सीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो,' उनले फेसबूकमा लेखेका छन्।

२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने
हाल श्रम बजारमा सिपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल कायमै छ। काठमाडौं महानगरपालिकाले यो समस्याको समाधानलाई उच्च प्राथमिकता दिँदै मेलाका अतिरिक्त नियमित तालिम पनि प्रदान गर्दै आएको यहाँहरूलाई अवगत नै छ।
आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको छ। सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो।
गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुंडिखेलमा पहिलो पटक ‘सिप मेला’ आयोजना गरिएको थियो। उक्त मेलाबाट तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। त्यस मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवालाई तालिम दिने लक्ष्य थियो भने २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो। तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका छन् भने धेरैजसो स्वरोजगारमा संलग्न भएका छन्। रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको जानकारी गराउन चाहन्छौँ।
विगत सिप मेलाबाट प्राप्त सिकाइ तथा नियमित तालिमको अनुभवका आधारमा यस वर्ष पनि ‘सिप मेला’ कार्यक्रमलाई निरन्तरता दिइएकोमा हामी हर्षित छौँ।
महानगरपालिकाले आउँदो जेठ ७ गतेदेखि टुंडिखेलमा सुरु हुने मेलामा २०८२ जनालाई रोजगारीमूलक तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।
यस वर्षको सिप मेलामा गत वर्ष फारम भरेर तालिम लिन नपाएका व्यक्ति, काठमाडौं महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक व्यापार वा ठेलागाडामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। तालिममा सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन्।
रोजगारीका प्रशस्त सम्भावना आन्तरिक बजारमै रहेको देखाउँदै, सिप नहुनाले अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको जनशक्तिलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्नु तालिमको मुख्य उद्देश्य हो। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने लक्ष्यसहित तालिम सञ्चालन गरिनेछ। सिप नभएका व्यक्तिलाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगारी र स्वरोजगारमा लगाउने, र रोजगारीमा रहेर पनि सिप नपुगेकाहरूको व्यावसायिक स्तर वृद्धि गरेर आयमा बृद्धि गराउने कार्य यस कार्यक्रमअन्तर्गत गरिनेछ।
१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूले तालिममा सहभागी हुन सक्नेछन्। मेला ३० दिनसम्म चल्नेछ, जसमा दैनिक ६० वटा कक्षामा तालिम सञ्चालन गरिनेछ।
तालिम सम्पन्न भएपछि दुई दिने ‘पोस्ट मेला’ आयोजना गरिनेछ, जसमा दीक्षान्त समारोह, प्रमाणपत्र वितरण तथा तालिम प्राप्त व्यक्तिहरूलाई उद्योगहरूसँग जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
धन्यवाद।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending