Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक

खबरडबली संवाददाता

अदानचुली । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन्।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन्।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका-५ स्थानीय दीपबहादुर शाहीले बताए।

‘पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार दिन पैदलयात्रा गुर्नपर्थ्यो। अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई चार घण्टामा घर पुग्छ’, उनले भने।

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए। अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन। 

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पुर् याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ। यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्ती सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

अहिले यहाँका ती ठूला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडक जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभयो । उनले भने, ‘यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ अहिले करिब रु एक करोडभन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएको छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending