Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाओवादी अध्यक्ष अब बाबुराम भट्टराई !

\"BABURAM-BHATTARAI-01-400\"काठमाडौं । संविधानसभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसका मुद्दा सम्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादीकै मधेस केन्द्रित सभासद्हरूले आग्रह गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सोमबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरू रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव र रामकुमार शर्मासहितका नेताहरूले नयाँ एजेन्डासहित मधेसीका मुद्दाको नेतृत्व लिइदिन भट्टराईसँग आग्रह गरेका हुन्। संविधानसभाबाट घोषणा भएको संविधानले मधेस र थारूसहित जनजातिका मुद्दा समेट्न नसकेकामा असन्तुष्ट रहँदै आएका भट्टराईले नियमित छलफल गर्दै अगाडि बढ्न नेताहरूलाई सल्लाह दिएका छन्। \'हामी उत्पीडित समुदायका राजनीतिक अधिकार समाप्त गरिदिनुभयो। मधेस र थारूसहितका जनजातिका मुद्दालाई अलग राखेर संविधान जारी गराउनुभयो। उत्पीडित समुदायलाई अधिकार दिलाउन ०५२ मा बन्दुक उठाइयो। अन्तरिम संविधानले दिएका अधिकार पनि कटौती गरिदिनुभयो’ आफूहरूले भट्टराईसमक्ष राखेको गुनासो उद्धृत गर्दै पासवानले भने, ‘मधेसी, थारूसहित दुई तिहाइ जनमतबाट जारी संविधानका विपक्षमा छन्। नेपालको अखण्डताबाट मधेस नटुक्रियोस्। संशोधन प्रक्रियाबाट मधेस र थारूसहितका जनजातिको मुद्दा सम्बोधन गर्न भूमिका खेलिदिनुपर्‍यो भनेका छौं।’ मधेसलाई अधिकार सम्पन्न प्रदेश बनाइदिए राष्ट्र बलियो हुने तर्क मधेसी नेताहरूले भट्टराईसमक्ष राखेका थिए। उनीहरूले पार्टीको नेतृत्व लिनसमेत डा. भट्टराईलाई आग्रह गरेको स्रोतले बतायो। ‘शासकवर्गको नीतिका कारण मधेस नेपालमा रहने कि नरहने भन्ने स्थिति छ’ पासवानले भने। मधेसीका मुद्दा सम्बोधन गर्न अग्रसरता नलिएका कारण आफ्नो पार्टी मधेसमा कमजोर बन्दै गएको जानकारी पनि उनीहरूले भट्टराईलाई गराए । भट्टराईले अधिकार प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएको जानकारी पासवानले दिए। मधेसी नेताहरूको भेटघाट सकिने बेला एमाओवादी सचिव टोपबहादुर रायमाझी र नेता नवराज सुवेदी भट्टराई निवास पुगेका थिए। भट्टराईलाई भेट्न जनजाति नेताहरू पनि सानेपा पुगेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending