Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारतविरुद्ध प्रचण्डको सनसनीपूर्ण टिप्पणी

\"prachanda\"काठमाडौं । लोकतन्त्र स्थापना भएको नौ वर्षमा नयाँ संविधान जारी भएको खुसीयालीमा सरकारको आयोजनामा सोमबार आयोजित स्वागत सभामा प्रमुख तीन दलका शीर्ष नेताहरूले अब मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले सभालाई सम्बोधन गर्दै असन्तुष्ट पक्षका माग सम्बोधन गरी मुलुकलाई आर्थिक विकासतर्फ अघि बढाउने बताए। उनीहरूले मधेस, संघर्षरत थारू र जनजातिका असन्तुष्टि नयाँ संविधानमार्फत सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सभामा काठमाडौं उपत्यकाको सांस्कृतिक परम्परा झल्कने बाजा—गाजा, नाचगानसहितका झाँकीसमेत प्रदर्शन गरिएको थियो। सभामा कर्मचारी, सुरक्षाकर्मी र सामाजिक संसघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति भए पनि दलका कार्यकर्ता तथा शुभेच्छुकको संख्या भने पातलो थियो। सभामा सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष प्रचण्डले भने, ‘हामी नेपाली छिमेकीहरूको असल मित्र बन्छौं तर \'एस म्यान\' बन्न सक्दैनौं।’उनले छिमेकीले एकअर्काको भावना बुझ्नुपर्ने उल्लेख गर्दै दुवैले एकअर्काको चाहना बुझेर सहयोग गर्नुपर्ने बताए। संविधान घोषणाको स्वागत नगरेको भारतप्रति कडा प्रतिक्रिया जनाउँदै प्रचण्डले सभामा भने, \'म भारतीय नेताहरूलाई आग्रह गर्न चाहन्छु, असल मित्रका नाताले तपाईंहरूको चासोलाई हामी सहयोग गर्छौं। हाम्रो चाहना र चासो तपाईंहरूले सहयोग गर्नुपर्छ।\' राजामहाराजा र तिनका विशिष्ट व्यक्तिले आफ्नो पटांगिनीदेखि महलसम्म संविधान जारी गर्ने परिपाटी अन्त्य भएको घोषणा गर्दै प्रचण्डले भने, \'आजदेखि जनताको युग प्रारम्भ भएको छ। त्यसैले जनता र जनप्रतिनिधिबीच संविधान घोषणा भएको हो।\' अहिलेको संविधानमा तराईले खोजेजस्तो संघीयता, जनाजातिले खोजेजस्तो समावेशिता र सबैले खोजेजस्तो लोकतन्त्रिक भएकाले अझै केही समस्या भए जारी भएकै संविधानको विधि र प्रक्रियाबाट निकासमा पुग्न सकिने प्रचण्डले बताए। नयाँ संविधानप्रति केही दल आदिवासी, जनजाति, मधेसी र थारू समुदायको असन्तुष्टि आएको उल्लेख गर्दै उनले आफू उत्पीडित जनता, भाषा, संस्कृति, जागरण अभियानमा लागेर आएकाले ती माग सँगै रहेको बताए। जारी संविधान कार्यन्वयनमा चुनौती रहेको स्वीकार गर्दै दाहालले पार्टीहरू र जनताबीचको राष्ट्रिय एकताले मात्र यो सम्भव हुने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending