काठमाडौं । जम्मु-कश्मिरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठक बसेको छ।
उक्त बैठकमा भारतले पाकिस्तानसँगको ज्ञढटण् को सिन्धु जल सम्झौता तत्काल प्रभावले निलम्बन गर्ने निर्णय गरेको छ। साथै, भारत–पाकिस्तान सीमामा अवस्थित अटारी इन्ग्रेटेड चेक पोस्ट बन्द गर्ने निर्णय समेत लिइएको छ।
प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका शीर्ष अधिकारीहरू सहभागी थिए।
पहलगाम आक्रमणमा २६ जनाको मृत्यु
मंगलबार जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको र धेरै घाइते भएको पुष्टि गरिएको छ। यस घटनालाई लिएर भारतले पाकिस्तानमाथि कडा नीति अख्तियार गर्दै विभिन्न रणनीतिक कदमहरू घोषणा गरेको हो।
एसवीईएस वीजा रद्द, पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश
भारत सरकारले अब पाकिस्तानी नागरिकहरूलाई सार्क वीजा छूट स्कीम अन्तर्गत जारी वीजाको आधारमा भारत यात्रा गर्न नदिने निर्णय गरेको छ। यसअन्तर्गत जारी सबै वीजाहरू रद्द गरिएको छ। हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र देश छाड्नुपर्ने आदेश दिइएको छ।
दुवै देशका सैन्य सल्लाहकारलाई फिर्ता बोलाइयो
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत सैन्य, नौसेना, र वायुसेना सल्लाहकारहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै भारत छाड्न एक हप्ताको समय दिइएको छ। भारतले पनि इस्लामाबादस्थित आफ्ना सैन्य सल्लाहकारहरू फिर्ता बोलाउने निर्णय गरेको छ। दुवै उच्चायोगमा यी पदहरू हटाइने छन्। साथै, ती सैन्य सल्लाहकारहरूसँग कार्यरत ५ जना सहयोगी कर्मचारीहरूलाई पनि फिर्ता बोलाइनेछ।
दुवै उच्चायोगमा कर्मचारी सङ्ख्या ५५ बाट घटाएर ३० मा झारिने निर्णय गरिएको छ, जुन २०२५ मे १ देखि लागू हुनेछ।
सुरक्षा सतर्कता र कारबाहीको तयारी
सीसीएस बैठकले देशको सुरक्षा अवस्थाको समिक्षा गर्दै सुरक्षा निकायहरूलाई पूर्ण सतर्क रहन निर्देशन दिएको छ। पहलगाम आक्रमणका योजनाकारहरूलाई कारबाहीको दायरामा ल्याइने बताइएको छ।
बैठकमा भनिएको छ, “जसरी तहव्वुर रानालाई भारत ल्याइयो, त्यसरी नै भारतविरुद्ध चरमपन्थी आक्रमणमा संलग्न सबैलाई कानुनी कारबाहीमा ल्याइनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: