काठमाडौं । जम्मु-कश्मिरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठक बसेको छ।
उक्त बैठकमा भारतले पाकिस्तानसँगको ज्ञढटण् को सिन्धु जल सम्झौता तत्काल प्रभावले निलम्बन गर्ने निर्णय गरेको छ। साथै, भारत–पाकिस्तान सीमामा अवस्थित अटारी इन्ग्रेटेड चेक पोस्ट बन्द गर्ने निर्णय समेत लिइएको छ।
प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका शीर्ष अधिकारीहरू सहभागी थिए।
पहलगाम आक्रमणमा २६ जनाको मृत्यु
मंगलबार जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको र धेरै घाइते भएको पुष्टि गरिएको छ। यस घटनालाई लिएर भारतले पाकिस्तानमाथि कडा नीति अख्तियार गर्दै विभिन्न रणनीतिक कदमहरू घोषणा गरेको हो।
एसवीईएस वीजा रद्द, पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश
भारत सरकारले अब पाकिस्तानी नागरिकहरूलाई सार्क वीजा छूट स्कीम अन्तर्गत जारी वीजाको आधारमा भारत यात्रा गर्न नदिने निर्णय गरेको छ। यसअन्तर्गत जारी सबै वीजाहरू रद्द गरिएको छ। हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र देश छाड्नुपर्ने आदेश दिइएको छ।
दुवै देशका सैन्य सल्लाहकारलाई फिर्ता बोलाइयो
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत सैन्य, नौसेना, र वायुसेना सल्लाहकारहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै भारत छाड्न एक हप्ताको समय दिइएको छ। भारतले पनि इस्लामाबादस्थित आफ्ना सैन्य सल्लाहकारहरू फिर्ता बोलाउने निर्णय गरेको छ। दुवै उच्चायोगमा यी पदहरू हटाइने छन्। साथै, ती सैन्य सल्लाहकारहरूसँग कार्यरत ५ जना सहयोगी कर्मचारीहरूलाई पनि फिर्ता बोलाइनेछ।
दुवै उच्चायोगमा कर्मचारी सङ्ख्या ५५ बाट घटाएर ३० मा झारिने निर्णय गरिएको छ, जुन २०२५ मे १ देखि लागू हुनेछ।
सुरक्षा सतर्कता र कारबाहीको तयारी
सीसीएस बैठकले देशको सुरक्षा अवस्थाको समिक्षा गर्दै सुरक्षा निकायहरूलाई पूर्ण सतर्क रहन निर्देशन दिएको छ। पहलगाम आक्रमणका योजनाकारहरूलाई कारबाहीको दायरामा ल्याइने बताइएको छ।
बैठकमा भनिएको छ, “जसरी तहव्वुर रानालाई भारत ल्याइयो, त्यसरी नै भारतविरुद्ध चरमपन्थी आक्रमणमा संलग्न सबैलाई कानुनी कारबाहीमा ल्याइनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: