Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सरकार पूर्ण रूपमा फेल भइसक्योः माओवादी केन्द्र

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले यस्तो आरोप लगाएको हो । 

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्त्वहरू सलबलाइरहेको बताए ।   उनले सरकारप्रति नागरिकहरूको आक्रान्तले सीमा नाघिसकेको आरोप लगाए । शिक्षकहरू, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित आन्दोलनमा उत्रिएको भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनै पनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको जिकिर गरे । उनले समस्याहरूको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको आरोप समेत लगाए । सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै सरकार जनताका समस्या समाधानमा गैर जिम्मेवार बनेको आरोप लगाए ।  

उनले भने, ‘जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामीहरू सलबलाइरहेका छन् । यो परिस्थितिमा सरकारप्रति आक्रान्त भइसकेका छन् । सीमा नाघिसकेको छ । सबै सडकमा छन् । शिक्षकहरू त छँदै छन्, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित छन् । स्थानीय तहका कर्मचारीहरूले धेरै पहिलेदेखि आन्दोलन गरिरहेका छन् । राज्यका कुनै पनि क्षेत्रले शान्तिसँग काम गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको छ । सरकार पूर्ण रूपमा रूपमा फेल भइसकेको छ ।’ 

माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्ने काम गरिरहेको आपत्ति जनाए । साथै, उनले हुलाकी मार्ग  केन्द्रित तराई मधेस जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको बताए । उनले यो अभियानमा एक करोडको हाराहारीमा जनतासँग संवाद भएको दाबी गरे ।  


उनले भने, ‘हाम्रो पार्टीले गत फागुनको १२ गतेदेखि देशको सबैभन्दा होचो भाग झापाको कचनकवलबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको छ । यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । हालसम्मको अभियानमा एक करोडको हाराहारी जनतासँग संवाद भएको छ । यस खालको अभियान इतिहासमा पहिलो भएको अभियानलाई नजिकबाट हेरिरहेकाहरूको निष्कर्ष छ । अभियानका क्रममा शहीद तथा बेपत्ता परिवारसँगको भेटघाट, सर्वपक्षीय अन्तर संवाद, अन्तरक्रिया, कोणसभा, जनसभा लगायतका जनतासँग जोडिने कार्यक्रमहरू अभूतपूर्व रूपमा सफल भएका छन् ।’

माओवादी केन्द्रले भारतको जम्मु–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति भर्त्सना गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending