Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नयाँ संविधान ल्याएकोमा चीनले दियो बधार्इ

\"Chinaकाठमाडौं । चीनले नेपालमा संविधान जारी भएकोमा बधाई दिएको छ । सोमबार चीनले आगामी दिनमा राष्ट्रिय एकता, स्थिरता र विकासका लागि नेपाल अघि बढ्नेमा आफू आशावादी रहेको जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ भारतले नेपालमा जारी भएको नयाँ संविधानप्रति तीव्र आक्रोश र असन्तुष्टि पोखिरहेका बेला उत्तरी छिमेकी चीनको यस्तो प्रतिक्रिया आएको हो । नेपालका दलहरु संवाद र छलफलका माध्यमबाट राजनीतिक मतभेदहरु संबोधन गर्नेमा चीन आशावादी रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ् लिले सोमबार बेइजिङ्मा पत्रकारहलाई बताए । नेपालसँगको द्विपक्षिय सम्वन्धलाई आफूले उच्च महत्व दिएको उल्लेख गर्दै चीनले उल्लेख गरेको छ । मुलुक र जनताको आधारभूत स्वार्थलाई ध्यानमा राख्दै नेपालका सबै दलहरु आपसी मतभेदहरु संवोधन गर्न सफल हुने चीनले बताएको हो । ‘नयाँ संविधान जारी भएकोमा नेपाललाई हार्दिक बधाई दिन चाहन्छौँु, प्रवक्ता लिले भने, ुनेपालले अहिलेको अवसरलाई राष्ट्रिय एकता, स्थायित्व र विकासका लागि उपयोग गर्नेछ भन्ने चीनले चाहेको छ।’ नेपालको आर्थिक र सामाजिक विकासका लागि नेपालकै क्षमताअनुसार आगामी दिनमा द्विपक्षिय मैत्रीपूर्ण सहकार्य र सहायतालाई अझै गहिरो बनाउन चीन सदैव तयार रहेको प्रवक्ता लिले उल्लेख गरे । नर्वेले पनि दियो बधार्इ यसैबीच नर्वेले नेपालमा नयाँ संविधान जारी भएकोमा बधाई दिएको छ । नेपालस्थित नर्वेजियन दूतावासले वक्तव्य जारी गरी नयाँ संविधान जारी हुनु नेपालको लोकतान्त्रिक विकासमा कोसेढुंगा रहेको उल्लेख गरेको छ । ‘नेपालको राजनीतिक नेतृत्व र सबै राजनीतिक समूहलाई संयुक्त प्रयासबाट शान्तिपूर्ण माध्यमबाट नयाँ संबिधान कार्यान्वयन गर्दै भावी समाजिक तथा आर्थिक विकास सुनिश्चित गर्न नर्वे आग्रह गर्छ’ वक्तव्यमा भनिएको छ । यसअघि भारतले नेपालमा नयाँ संविधानको आगमनप्रति भारतको चिसो प्रतिक्रिया आएको थियो । भारतले नेपालमा नयाँ संबिधान जारी भएकोमा स्वागत र नेपाली जनतालाई बधाई दिइएको छैन । ‘नेपालमा एउटा संविधान जारी भएकोबारे जानकार छौँ’उल्लेख गरेर नेपालमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाएको हो । शनिबार मात्रै दुई दिने भ्रमण सकेर फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले सर्वस्वीकार्य संविधान ल्याउन दलहरुलाई सुझाव दिँदै यदी मधेसी दलहरुलाई संविधान जारी प्रक्रियामा सहभागी नगराइए त्यसलाई भारतले स्वागत नगर्ने सन्देश उच्च राजनीतिक नेतृत्वलाई दिएका थिए । नेपालमा संबिधान जारी भएकोमा तीब्र असन्तुष्ट भारतीय शीर्ष राजनीतिक नेतृत्वले उच्च नेतृत्वसँग कुनै शुभकामना र स्वागतको सन्देश पठाएको छैन । आइतबार नै स्वीजरल्याण्डले वक्तव्य जारी गरी नयाँ संविधान नेपालको शान्तिप्रक्रिया पूर्णताको महत्वपूर्ण कोसेढुंगा भएको प्रतिक्रिया दिएको थियो । युरोपेली संघ, जापान र रुसले नयाँ संविधान संविधानसभाबाट अनुमोदन भएकोमा स्वागत गर्दै संविधानपछि नेपालमा दिगो विकास हुने अपेक्षा लिएका छन् । तर, अमेरिका र बेलायतले आलोचनात्मक रुपमा संविधान अनुमोदन भएकोमा समर्थन मात्रै गरेका छन् । संयुक्त राष्ट्रसंघले संविधानसभाबाट संविधान अनुमोदन भई जारी भएकोमा मौनता देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending