Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

वीर अस्पतालमा ‘कक्लियर इम्प्लान्ट’ सेवा सुरु, यसले कसरी काम गर्छ ?

खबरडबली संवाददाता

काठमाडौँ। वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा।दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिए।

उनका अनुसार उक्त उपकरण कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत प्रत्यारोपण गरिन्छ ।

अस्पतालले उक्त उपकरण आधा मूल्यमा प्रत्यारोपण गरेको उनले जानकारी दिए । उनी भन्छन्, “सामान्यतय यो उपकरणको साढे १२ लाख मूल्य पर्छ । तर सरकारले यसको खरिदमा ५० प्रतिशत अनुदान दिएकोले बिरामीले छ लाखमा नै कान सुन्न सक्ने उपकरण प्रत्यारोपण गर्न सक्छन् ।”

साथै अस्पतालले शल्यक्रियाद्वारा उक्त उपकरण प्रत्यारोपण गरेपछि ५० हजार बराबरको स्पिच थेरापी सेवा नि:शुल्क व्यवस्था गरेको उनले जानकारी दिए ।

यसअघि सरकारी अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालमात्रै उपलब्ध थियो ।

कस्तो अवस्थामा कक्लिअर इम्प्लान्ट राख्नुपर्छ ?

मानिसको कानभित्र कक्लिया हुन्छ जसको माध्यमबाट मानिसले अरुले भनेको कुरा सुन्ने गर्छन् । कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने गराउँछ ।

डा।श्रेष्ठका अनुसार कक्लिया विभिन्न कारणले बिग्रने गर्छ । यस्तो समस्या जन्मजात, वंशाणुगत कारण हुने उनको भनाइ छ । जन्मजात कक्लिया राम्रोसँग शिशुको विकास नभएर, कतिपय अवस्थामा विभिन्न खालका सङ्क्रमणले कक्लियामा समस्या आउने डा।श्रेष्ठ बताउछन् ।

बच्चामा अक्सिजनको मात्रा नपुगेमा पनि यस्तो समस्या निम्तने उनको भनाइ छ । त्यसैगरी, अत्याधिक ज्वरो आउने, मेनेन्जाइटिस हुने, रुबेला, हाँडेका कारणले कक्लियामा क्षति पुग्ने उनको भनाइ छ । कक्लियामा क्षति पुगेमा दीर्घ रुपमा कान नसुन्ने समस्या निम्तने उनी बताउछन् । दीर्घ रुपमा काम नसुन्ने समस्याको एकमात्र विकल्प कक्लियर इम्प्लान्ट हो ।

यसले कसरी काम गर्छ ?
कक्लियर इम्प्लान्ट यदि कुनै पनि उपकरणले काम गरेन भने अन्तिम अवस्थामा श्रवणशक्ति फर्काउन प्रयोग गरिन्छ । उनी भन्छन्, “कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्छ ।”

यो उपकरण शल्यक्रिया गरेर कानको भित्रि भागमा जडान गरिन्छ । यो डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवज ब्रेनसम्म पुर्‍याउने काम गर्छ । उनी भन्छन्, “कक्लियाले बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पुर्‍याउँछ ।” 

कोक्लियर इम्प्लान्ट कानको शल्यक्रिया गरी प्रत्यारोपण गरिन्छ । यो शल्यक्रिया पश्चात प्रत्यारोपण गरिएको कक्लिअर मेसिनले ठिकसँग सुनियोस् भनेर ५० हजार बराबरको स्पिच थेरापी नि:शुल्क दिइने व्यवस्था गरेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending