स्याङ्जा। नेपाल पत्रकार महासंघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रकारले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको उजुरी र उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला प्रहरी कार्यालयलाई कारबाहीका लागि जारी गरिएको पत्रप्रति नेपाल पत्रकार महासंघ स्याङ्जाले सीडीओलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाइन पत्रिकाका सञ्चालक रोशन लामिछानेले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।
समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीका लागि प्रहरीमा पत्र लेख्नु भएको थियो ।
सोही उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रेस काउन्सिललाई समेत पत्राचार गरेको हो ।
पत्रकार महासंघ स्याङ्जाले उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाले प्रेस काउन्सिललाई पत्राचार गर्नु, जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्नुहुन भनेर तोकादेश गर्नु र प्रशासनमा उजुरी दर्ता गरिनु सरासर गलत भएको पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइरालाले बताए।
उजुरी आएसँगै पत्र काउन्सिलमा पठाएको बताउदै प्रजिअ अर्यालले अबका दिनमा छलफल गेरर मात्रै अगाडि बढाए ।
समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी दिने कानुनी प्रावधान रहँदासमेत सामान्य प्रक्रियालाई बेवास्ता गर्दै प्रशासनिक संयन्त्रमा उजुरी दर्ता गर्नु र सो उजुरीका आधारमा प्रहरी निकायलाई निर्देशन जारी गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको जिकिर गर्दै यस विषयमा पत्रकार महासंघ गण्डकी, प्रेस चौतारी नेपाल स्याङ्जा र प्रेस सेन्टर नेपाल स्याङ्जाले समेत ध्यानाकर्षण पत्र जारी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: