Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पत्रकार महासंघ स्याङ्जाले बुझायो प्रजिअलाई ध्यानाकर्षण पत्र

खबरडबली संवाददाता

स्याङ्जा। नेपाल पत्रकार महासंघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पत्रकारले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको उजुरी र उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला प्रहरी कार्यालयलाई कारबाहीका लागि जारी गरिएको पत्रप्रति नेपाल पत्रकार महासंघ स्याङ्जाले सीडीओलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाइन पत्रिकाका सञ्चालक रोशन लामिछानेले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।

समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीका लागि प्रहरीमा पत्र लेख्नु भएको थियो ।

सोही उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रेस काउन्सिललाई समेत पत्राचार गरेको हो ।

पत्रकार महासंघ स्याङ्जाले उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाले प्रेस काउन्सिललाई पत्राचार गर्नु, जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्नुहुन भनेर तोकादेश गर्नु र प्रशासनमा उजुरी दर्ता गरिनु सरासर गलत भएको पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइरालाले बताए।

उजुरी आएसँगै पत्र काउन्सिलमा पठाएको बताउदै प्रजिअ अर्यालले अबका दिनमा छलफल गेरर मात्रै अगाडि बढाए ।

समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी दिने कानुनी प्रावधान रहँदासमेत सामान्य प्रक्रियालाई बेवास्ता गर्दै प्रशासनिक संयन्त्रमा उजुरी दर्ता गर्नु र सो उजुरीका आधारमा प्रहरी निकायलाई निर्देशन जारी गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको जिकिर गर्दै यस विषयमा पत्रकार महासंघ गण्डकी, प्रेस चौतारी नेपाल स्याङ्जा र प्रेस सेन्टर नेपाल स्याङ्जाले समेत ध्यानाकर्षण पत्र जारी गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: