पाल्पा । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन् ।
“सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ । वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भने । मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । “खडेरीले मकै खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भनिन्, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो ।”
हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले बताए । उनले भने “लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौँ”, सिँचाइका लागि अकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौँ, ढिलाइ भए पनि छर्न पाउने भयौँ”, पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भनिन् । सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ ।
लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएको तरकारी फस्टाउन पाएको थिएन । जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । अहिले पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन् ।
वर्षाले अकासे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारीखेतीलाई सहयोग पुर्याएको छ । पानी नपर्दा मकै छर्न नपाएकाले छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले किसानलाई राहत मिलेको हो ।
कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन् । चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकामा पानी परेपछि पाल्पासहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ ।
जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । पाल्पामा आठ हजार आठ सय पाँच हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: