नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।
१६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकतासम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सम्पूर्ण सेवाहरू प्रवाह गर्ने जानकारी एक सार्वजनिक सूचना मार्फत गराएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा २०८२ वैशाख १ देखि चैत मसान्तसम्मको १६ वटा शनिबार बाहेकका सार्वजनिक बिदाहरूमा पनि उपरोक्त महत्त्वपूर्ण सेवाहरू सूचारु रहने जनाइएको छ ।
सूचनामा दिइएको जानकारी अनुसार वैशाख २९ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, असोज ६ गते घटस्थापना, मङ्सिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते उधौली पर्व तथा तमु ल्होसार, पुस २७ गते तमु ल्होसार र पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व र माघ ५ गते सोनाम ल्होसारका दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सेवाहरू प्रवाह गरिने छ ।
सोही प्रकारले माघ १६ गते सहीद दिवस, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस तथा तोकिएको दिनमा पर्ने ईद र बकराईदको दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन बाँकेबाट उपरोक्त सेवाहरू प्रदान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।
उनले भने, ‘‘सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले १६ वटा महत्त्वपूर्ण सार्वजनिक बिदाका दिनहरूमा पनि आफ्नो केही आवश्यक सेवा प्रवाह गर्ने भएको छ ।’’
सार्वजनिक बिदाका माथि उल्लेखित ती दिनहरूमा पनि सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आउन जिल्लावासीलाई सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको जनाउँदै प्रमुख जिल्ला अधिकारी जोशीले त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले सबै तयारी पूरा गरेको बताए।
सार्वजनिक बिदाका दिनमा पनि केही आवश्यक सेवा प्रवाह गर्ने सरकारको निर्णय निकै सराहनीय रहेको जनाउँदै नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तोकिएका सार्वजनिक बिदाका दिनहरूमा सेवा लिन आउनेहरूलाई सहज र सरल रूपमा सेवा दिने व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - १७:३७
काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौ...
माघ १४ गते, २०८२ - १७:३२
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल चुनावी मत माग्न नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन्। सर्लाही क्षेत...
माघ १४ गते, २०८२ - १७:१८
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। मंगलबार काठमाडौ...
माघ १४ गते, २०८२ - १७:०८
काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ। मं...
माघ १४ गते, २०८२ - १६:५५
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...
माघ १४ गते, २०८२ - १६:४१
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...
माघ १४ गते, २०८२ - १६:१८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...
माघ १४ गते, २०८२ - १६:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...
माघ १४ गते, २०८२ - १५:५९
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...
माघ १४ गते, २०८२ - १५:४१
मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...




प्रतिकृया लेख्नुहोस्: