Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

मुस्ताङमा चौरीको आलो खाने मेला, सर्वसाधारणको भिड

खबरडबली संवाददाता

मुक्तिनाथ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउछन्। विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको उपचार गराए पनि निको नभएपछि सब परिवार र आफन्तसँग पुग्ने गरेका गर्बुजाले प्रति गिलास तीन सय रुपियाँ तिरे। गर्बुजासँगै गाउँबाट करिब ३० जना जिप रिर्जभ गरेर चौरीको मेलामा आउनुभएको छ । पोखरा महानगरपालिका वडा नं।२५ बस्ने निरमायाँ पुनले लगातार तीन वर्ष चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको बताए।

एक सातासम्म मुस्ताङमा बसेर चौरीको आलो रगत खाएर फर्कने निरमायाँले गानोगोलाको समस्या धेरै सुधार भएको बताए । निरमायाँ भन्छन्, ‘‘जनविश्वाससँगै मेरो समस्यामा सुधार आएको छ, हरेक वर्ष यहाँ आउँछु ।’’ हिमालय याक नाक संरक्षण समितिले याक दिवसको अवसरमा आयोजना गरेको मेलामा विभिन्न रोगबाट ग्रसित बिरामीको भिड लागेको छ । मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौं र बुटवल लगायतका क्षेत्रबाट आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारण आएको हिमालय याक नाक पालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनले बताए।

संयोजक तुलाचनले भने, ‘‘पहिलो दिनै भिड लागेको छ, यहाँ आउने सबै खुसी भएर फर्किनुहुन्छ ।’’ मेलामा विभिन्न समूहबाट ल्याइएको याक–नाकबाट हुने आम्दानीसँगै पालनपोषण र संरक्षण गर्ने गरिएको संयोजक तुलाचनको भनाइ छ । हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक चौरी भनिन्छ । मेलामा चौरी विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौरी ल्याइएको छ । एकजन बिरामीले एकदेखि सात गिलाससम्म चौरीको आलो रगत पिउने गरेका छन् ।

समुन्द्री सतहदेखि ३७ सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ताजडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौनउत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ । एउटा वयस्क चौंरीबाट २० गिलाससम्म रगत निकाल्न सकिन्छ । चौँरीको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर स्थानीय थासाङ गाउँपालिका पशु शाखाले जुकाविरुद्ध निःशुल्क औषधी वितरण तथा परीक्षण समेत गर्ने गरेको छ । चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार ९चुलेसी० ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । चौँरीको दूधबाट चिज, दही, घीउ र छुर्पीलगायतका परिकार बनाएर बिक्री गरिन्छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा १० जना किसानको सात सयको हाराहारीमा चौरी र याक पालेका छन् । नेपाल सरकारले पहिलोपटक घोषणा गरेको याक दिवसलाई समेत हिमालय याक नाक संरक्षण समितिले स्वागत गरेको छ ।

वैशाख ६ देखि १५ गतेसम्म सञ्चालन हुने मेलामा चौरी र याकका बारेमा जानकारी गराउने, पर्यटनको प्रवर्धनका साथै हिमाल क्षेत्रमा बसोबास गर्ने गोठालाहरूसँग समेत अनुभव लिने, तारा खेलको याकचौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मुस्ताङमा वैशाख र साउन महिनामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भिड लाग्ने गर्दछ । मुस्ताङका ५ स्थानीय तहमा चार हजाभन्दा बढी याकचौरी पालन गरिएको छ ।

स्थानीय तहले समेत याकचौरी पालन व्यवसायीहरूलाई गोठ सुधारसहित विभिन्न अनुदानका कार्यक्रमहरु समेत सञ्चालन गरेको छ भने हकहित र उत्थानका लागि हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समितिसँग सहकार्य गरेको छ । यता मेडिकल चिकित्सकका अनुसार पशुचौपायाको आलो रगतलाई औषधीको माध्यम बनाउने परम्परा भए पनि रोग निको हुने वैज्ञानिक आधार नभएको बताउँछन् । आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य बस्तु वा भागको रूपमा परिभाषित नगरिएकाले हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिने बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending