सिन्धुपाल्चोक। चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ । अर्थात् दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको छ ।
ती मध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् । तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् । अरू सबै जाँच पास भएर राजधानी पुगिसकेका छन् । यार्डमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँच पास भएर राजधानी प्रवेश गर्नेछन् ।
२७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट तीन अर्ब ७५ करोड ६३ लाख राजस्व सङ्कलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो । विगतका बर्सभन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडीहरू आयात भएकाले राज्यलाई राम्रो राजश्व सकंलन भएको उहाँले बताउनुभयो ।
चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एक वटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनिबस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका दुई सय २९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाट भन्दा माथिका एक र फोरह्वील विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडीहरू नाका हुँदै राजधानी पुगेका छन् । जसमध्ये सात सय वटा गाडीहरू वैशाखभित्र जाँच पास भई तिनीहरू पनि राजधानी पुग्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: