काठमाडौं । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाएपछि उनी देश छाडेर भागेकी हुन् ।
ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको छ। ‘उहाँ बुधवार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नु भएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए। पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान लिमास्थित ब्राजिलियन दूतावासमा शरणको लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।
हेरेडियाका वकिलले भने कि उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन्। ‘फैमिली र व्यक्तिगत निर्णय सजाय सुनाउनु भन्दा करिब दुई देखि तीन घण्टा अघि यो सबै भयो,’ उनले भने । तर, उनले उनको शरणका लागि अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।
सन् २००६ र २०११ मा हुमालाको चुनावी अभियानमा गैरकानुनी योगदान गरेको अभियोगमा उनी र उनको श्रीमान्लाई सजाय सुनाइएको एक दिनपछि उनको ब्राजिल भागेकी हुन् ।
अभियोजकहरूले हुमालाको राष्ट्रवादी पार्टीले भेनेजुएला सरकार र ब्राजिलको निर्माण कम्पनी ओडेब्रेचबाट उनको अभियानमा आर्थिक सहयोग मागेको आरोप लगाएका थिए। तर, हुमाला र उनकी श्रीमतीले कुनै पनि गल्ती अस्वीकार गर्दै आएका छन् ।
मुद्दाको सुनुवाइ सुरु भएको तीन वर्षपछि भने मंगलबार न्यायाधीशले फैसला पढ्दा हुमाला उपस्थित थिए, हेरेडिया भने उपस्थित भइनन्। फैसला सुनाए लगत्तै न्यायपालिकाले हुमालालाई तुरुन्तै सजाय सुनाउन र जेल पठाउन आदेश दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: