Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

शिलान्यास बहिस्कार गरेकी भरतपुर नगरप्रमुख रेणु सडक उदघाटनमा सहभागि

खबरडबली संवाददाता

चितवन  । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ। हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् ।

सो उदघाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो सडक निर्माण शिलन्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उदघाटन समारोहमा भने उपस्थित भएकी हुन् ।

तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन् । त्यस बेला ओलीले ब्यंग्य गर्दै भनेका थिए, 'मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।'

१ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी प्रदेश सभाले निकाल्यो सांसद रेखा कुमारी शर्मा पक्राउको सूचना

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...

मनमोहन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, नयाँलाई अभिमुखीकरणसहित स्वागत

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...

उच्च अदालतमा मुद्दा विचाराधीन भएकै कारण बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतको अस्वीकार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...

संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...

बाँदर आतंक नियन्त्रण गर्न जनप्रतिनिधिका बाचा

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending