Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

आफू गभर्नर बन्न नपाएकी ढुंगानाले भट्टलाई गभर्नर बन्ने बाटो छेकिन्, राजीनामा स्वीकृत गर्न अस्वीकार

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले आफू गभर्नर बन्न नपाउने निश्चित भइसकेको अवस्थामा गभर्नर बनाइन लागेका गुणाकर भट्टलाई पनि गभर्नर बन्ने बाटो छेकिदिएकी छिन् । उनले भट्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकार गर्न अस्वीकार गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका बहालवाला कर्मचारीहरुमध्ये डेपुटी गभर्नरलाई मात्रै गभर्नर बनाउन मिल्छ । अन्य पदमा भएकाहरुलाई योग्यता पुगेको भए पनि पदमा रहेकै अवस्थामा गभर्नर नियुक्त गर्न मिल्दैन । अन्य पदमा रहेकाहरु गभर्नर बन्ने भए पहिले आफू कार्यरत रहेको पदबाट राजीनामा दिएर राष्ट्र बैंकको कुनै पनि जिम्मेवारीबाट बाहिरिइसकेको हुनुपर्छ ।

यही कानुनी व्यवस्थाका कारण आफू गभर्नर बन्ने पक्का भएपछि भट्टले आफ्नो पदबाट राजीनामा दिएका थिए । भट्ट अहिले राष्ट्र बैंकको कार्यकारी निर्देशक छन् । उनले यो पदबाट राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि मात्रै उनी गभर्नर हुने बाटो खुल्ने भएकोले उनले आज बिहान कामु गभर्नरलाई राजीनामा बुझाएका थिए । कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि भने उनको गभर्नर बन्ने बाटो छेकिएको छ ।

प्रचलित कानुनअनुसार सामान्यतया कसैले पदबाट दिएको राजीनामा अस्वीकृत गर्न भने पाइँदैन । कसैले आफ्नो पदबाट राजीनामा दिइसकेपछि त्यो राजीनामा स्वतः स्वीकृत भएको मानिन्छ । तर, जिम्मेवारीमा रहेको व्यक्तिले जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियागत काममा भने केही समय लाग्न सक्छ । राजीनामा दिएपछि व्यवहारिक रुपमा पदमुक्त भएको मानिने भए पनि राजीनामा औपचारिक रुपमा स्वीकृत नहुँदासम्म भने प्रक्रियामै रहेको मानिन्छ ।

कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा अस्वीकृत पनि गरेकी छैनन् । उनले राजीनामा अस्वीकृत गरेको भए यसलाई कानुनको उल्लंघन मान्न सकिन्थ्यो तर उनले अस्वीकृत समेत नगरेको हुनाले भट्टले दिएको राजीनामा प्रक्रियामै रहेको अवस्थामा छ । राजीनामा प्रक्रियामै रहेकोले उनी औपचारिक रुपमा पदमुक्त भएको मान्न मिल्दैन । र, पदमुक्त नभएकोले उनी गभर्नर बन्न मिल्दैन । कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न जति समय लगाउँछिन् भट्टको नियुक्ति त्यति नै पर धकेलिनेछ । राजीनामा स्वीकृत गर्ने समय सीमाबारे कुनै स्पष्ट कानुनी व्यवस्था छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE