दाङ। घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिए।
बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेतेर थारु भाषामै समाचार र आलेखहरु प्रकाशन गर्ने उनले बताए। समाजका लागि सञ्चार पैरवी नेपाल, थारु पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारु भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताए।
घोराही उपमहानगरपालिकाले यस अघि थारु भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो । २०७४ को स्थानि तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगरप्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराएको थिए।
त्यसपछि घोराही उपमहानगरपालिकाले घोराहीमा थारु भाषामा पठन पाठन गराउने समेत निर्णय गराएको थियो । सूचना अधिकारी चौधरीका अनुसार घोराहीका केहि सामुदायिक विद्यालयमा थारु भाषामा पठनपाठन भइरहेको छ । “अहिले कक्षा १ सम्म थारु भाषामा पठनपाठन भइरहेको छ,’’ उनले भने, ‘‘कक्षा दुइको पाठ्यक्रममा निर्माण भइरहेको छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: