काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ ।
रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको छ ।
केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा पानी परेको छ । गत २४ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा ७६.४ मिलिमिटर रेकर्ड भएको छ ।
मौसम विज्ञान विभागले आज डडेलधुरा, दिपायल, पोखरा, काठमाडौं लगायत देशभरीका विभिन्न शहरमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
हवाईजहाज डाइभर्ट
पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ । खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो ।
आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको थियो । आज बिहान ८ः४० बजे काठमाडौंबाट उडेको सो जहाजले आकाशमा धेरैबेर फन्को लगाए नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।
यसैगरी काठमाडौंबाट उडेको श्री एयरलायन्सको हवाईजहाज पनि आकाशमा केहीबेर फन्को लगाएर मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।
नेपालगञ्ज विमानस्थलका सूचना अधिकारी धिरेन्द्र रिजालले सुर्खेत जान लागेको एउटा जहाज नेपालगञ्ज विमानस्थलमा आएर करिब आधा घण्टा रोकिएको र पछि सुर्खेत नै प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसमका कारण केही उडानहरु डिले पनि भएका थिए ।
आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
साथै, कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मेघगर्जनरचट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: