बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको उनको बुझाइ छ।
अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको उनले बताए। उनले यस्तो परिस्थितीको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए।
उनको भनाइ,
हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण हामीले गर्नुपर्नेछ। हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल चलाउनुपर्नेछ। ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन।
यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौं। अहिले एमालेसँग सरकारमा छौं। एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एकअर्कासँग मारामार छ। हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन। भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन। तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको।
प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहिँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ। जति बलियो भएपनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ। त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: