मान्म । जिल्लाको लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।
निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका-५ का स्थानीय जगतबहादुर शाहीले बताए ।
कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु—लैफु सडकको रास्कोट—पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उनले जानकारी दिए । “धेरै पहिलादेखि निर्माणसम्बन्धी बहस भइरहेको लालु–लैफु सडकले अहिले सार्थकता पाएको छ”, उनले भने, “अहिले सडकमा गाडी गुड्न थालेका छन् ।”
सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु-लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताए । सोमध्ये रास्कोट—५ बाट पचालझरना गाउँपालिका—९ सम्मको करिब आठ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उनले जानकारी दिए ।
“विसं २०८० पुस गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ”, उनले भने, “बायोइञ्जिनियरिङको कामबाहेक अरु सबै काम अबको दुई महिनाभित्र पूरा हुने विश्वास लिएका छौँ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइञ्जिनियरिङको काम गर्नुपर्ने हुन्छ ।”
तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिए । उनका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ । कूल रु २८ करोडको बजेटमा निर्माण हुने उक्त सडक रु २१ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष रु १४ करोड खर्च भएको छभने चालु आवमा रु पाँच करोडबाट काम भइरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: